हिटलरले ६० लाख यहुदीको लासकाे पहाड (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ माघ २०७२, शुक्रबार १६:३६

लासइतिहासका एकजना क्रृर तानाशाह हुन् हिटलर । उनी दोस्रो विश्वयुद्धका प्रमुख कारकसमेत हुन् । उनले अनाहकमा ६ वर्षको अवधिमा ६० लाख निर्दोष यहुदीहरुलाई ग्याँस च्याम्बरमा हाली हत्या गरे ।

nazi-camp5_1453985503-750

२० अप्रिल १८८९ मा अष्ट्रियामा जन्मिएका हिटलर जर्मनका नाजी पार्टीका नेता थिए । उनी पहिलो विश्वयुद्धमासमेत सहभागी भएका थिए । सन् १९१९ मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी(नाजी पार्टी)को सदस्यता लिए र सन् १९२१ मा सोही पार्टीको नेतासमेत बने ।

nazi-camp4_1453985498-750

आफूसत्तामा जान उनले सन् १९२३ मा ’कु’को असफल प्रयाससमेत गरेका थिए । सोही असफल कुको कारणले उनी जेलमा परे । त्यही उनले आफ्नो संस्मरण मेरो संघर्ष लेखे ।

nazi-camp6_1453985506-750

अन्ततः उनी सन् १९३३ मा जर्मन चान्सलरमा नियुक्त भए । त्यसपछि उनले नाजी विचारधारामा आधारित अधिनायकवादी, निरंकुश शासनको शुरुवात गरे ।

nazi-camp7_1453985508-750

उनले सन् १९३९ मा पोल्याण्डमाथि आक्रमण गरी दोश्रो विश्वयुद्धको शुरुवात गरे । सन् १९४३मा हिटलरमा केहि पराजयहरू भोग्नुप¥यो ।

nazi-camp8_1453985510-750

हिटलरको रंगभेदी नीतिले गर्दा ११ करोड मानिसको ज्यान गयो जसमध्ये करिब साठी लाख यहूदी मात्र थिए ।

nazi-camp11_1453985515-750

हिटलरले किन ६० लाख यहुदीको हत्या गरे भन्ने विषयमा विभिन्न कोणबाट टिकाटिप्पणी भएको पाइन्छ । तर विश्लेषकहरुका अनुसार सन् १९३० को दशकमा जर्मनको कुल जनसंख्याको केही हिस्सा एकात्मक जातिय श्रेष्ठताको आधारमा शासन गर्न चाहान्थे ।

nazi-camp13_1453985520-750

त्यही जातिय मुद्धाका आधारमा हिटलरले नरसंहार गरे भन्ने धारणा पाइन्छ । जे होस् यसरी लाखौं मानिसहरुलाई कत्लेआम गर्नु कुनैपनि दृष्टिकोणबाट ठिक होइन ।

Bundesarchiv_Bild_192-208,_KZ_Mauthausen,_Sowjetische_Kriegsgefangene-750

आशा गरौं आगामी पुस्ता यस्तो अवस्थाबाट गुज्रन नपरोस् ।

 

c6eeb9bbb09e16e82e1392986232b4b7-750

106_Hitler_authorizes_killing_of_disabled-maxw568-maxh320 (2)-750

soykirim-budur_764564खबर डबली बाट

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१