मेक्सिकोले ब्राजिललाई बराबरीमा रोक्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७१, बुधबार ०६:०१

विश्वकप फुटबलमा मेक्सिकोले उपाधिको दावेदार मानिएको ब्राजिललाई बराबरीमा रोकेको छ । बुधबार विहान भएको खेलमा मेक्सिकोले गोलरक्षक गिएमो चोहाको उत्कृष्ट प्रदर्शनको मदतमा घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको हो ।

बराबरीपछि ४ अंकका साथ शीर्ष स्थानमा रहेको ब्राजिललाई नकआउट चरणमा स्थान पक्का गर्न क्यामरुनविरुद्धको खेल जित्नै पर्ने दबाव भएको छ । यद्यपि समूह एमा रहेका क्यानरुन र क्रोएसियाबीचको खेल बराबरी भएमा भने एक अंक भए पुग्छ । यद्यपि समूह विजेता हुन भने प्रतिस्पर्धा हुनेछ ।

ब्रजिलका स्टार स्ट्राइक नेयमार र कप्तान थिएयो शिल्भाले गोल गर्ने उत्कृष्ट अबसर सृजना गरेका थिए । तर, चोहा वाधक बने । मेक्सिकोका गोलरक्षक चोहाले खेलमा ६ बटा उत्कृष्ट बचाउ गरेका थिए ।

यो खेलमा ब्राजिलको नेयमार र ओस्कारमाथिको निर्भरता प्रष्ट देखिन्थ्यो । फ्रेड आफ्नो आलोचकहरुलाई जवाफ दिने गरी आक्रमणमा उत्रन सकेनन् । खेलमा मेक्सिकोका ओरिबे परेल्टाले गोलको केही राम्रो प्रयास गरेका थिए ।Brazil-vs-neymar

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१