म्याग्दी । म्याग्दीको कुहूँ–१ मा सात वर्षीया एक बालिका बलात्कृत भएकी छन् । यही माघ १२ गते साँझ घरमा आमा नभएको समयमा एक्लै रहेकी बालिकामाथि पात्लेखेत–७ घर भएका करिब ३५ वर्षीय विक थरका युवाले जबर्जस्ती गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाबियाचौर–१ ससुरालीमा बस्दै आएका ती युवा बालिकामाथि जबर्जस्ती करणी गरेपश्चात् सोही दिनदेखि नै फरार रहेकाले निजको खोजतलाससहित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी पीडित बालिकाको स्वास्थ्य कार्यालयमा लगेर स्वास्थ्य परीक्षण गरेको जनाएको छ । रासस
प्रतिक्रिया