पानी बेच्दै गायिका कोमल वली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ माघ २०७२, शुक्रबार ०७:५१
काठमाडौँ । गायिका कोमल वलीले व्यवसाय पनि सुरु गरेकी छिन् । आफ्नो भाइसँग मिलेर उनले मिनरल वाटर कम्पनि सुरु गरेकी हुन् । एक लिटर बोत्तलमा उपलब्ध मिनरल वाटरको नाम ‘कोमल जल’ राखिएको छ ।
वलीको भनाईमा अहिले पानी मात्र उत्पादन गरिने कम्पनिबाट निकट भविष्यमै अन्य पेय पदार्थ र खाद्यान्न पनि उत्पादन सुरु हुनेछ । ‘भाइ पहिलेदेखि नै पानी व्यवसायमा थियो ।’ उनले सेतोपाटीसँग भनिन्,‘अहिले ‘कोमल जल’ मेरै नामबाट मिनरल वाटरको नाम राखेर मलाई भाइले सरप्राइज दिएको हो । व्यवसायमा मैले पहिलोपटक हात हाल्दैछु । कत्तिको सफल भइन्छ, के-के गर्ने हो  त्यसपछि सोचिन्छ ।’
गायिका वलीकाअनुसार ‘कोमल जल’ हालका लागि कपिलवस्तु, बाँके र सल्यान आसपासका जिल्लामा मात्र विक्रिवितरण हुनेछ । पानी बिहिबारदेखि बजारमा उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१