एप्पलको सफारी ब्राउजरमा समस्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ माघ २०७२, बिहीबार १२:५२
appleएप्पलको आईफोन, आईप्याड र म्याकमा बिल्ट इन इन्टरनेट ब्राउजर सफारी क्र्यास भएको  छ।
एप्पलका यी उत्पादनमा सफारी क्र्यास भएको गुनासो प्रयोगकर्ताहरुले गरेको जनाइएको छ। सर्च बक्समा कुनै कुरा लेख्ने वितिक्कै क्र्यास हुने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
तर हालसम्म क्र्यास कुन कुन देशमा भएको हो भन्ने स्पस्ट जानकारी हुन सकेको छैन। यस समस्यालाई उक्त अपडेटसँग पनि जोडेर हेरिएको छ, तर जुन प्रयोगकर्ताले नयाँ भर्जन अपडेट नगरेका प्रयोगकर्ताले पनि यो समस्या खेप्नु परेका कारण यो नयाँ अपडेटले नभएको र यसलाई चाँडै नै समाधान गर्ने एप्पलले जनाएको छ।
एप्पलले केही समययता आईओएस सिस्टम अपडेट गरेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१