जान्छु डोको बोकी , हँसि हुन्छ हातैमा , रुदै मेला पातैमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ माघ २०७२, बिहीबार ०४:०५
आफ्नै कला संस्कृति र मौलिक परम्परालाई छातीमा राख्दै बिन्ध्यबासिनी म्युजिक प्रालिले वियोगान्त कथा बस्तुमा आधारित नकुल ढकालको रोइला गीत रुदै मेला पातैमा हालै सार्बजनिक गरेको छ ।
हे माया राती भरि सपनीमा तिमि संगै हुन्छु
मध्ये रातमा ब्युझें भने तड्पीएर रुन्छु
रुदै मेला पातैमा
जान्छु डोको बोकी , हँसि हुन्छ हातैमा , रुदै मेला पातैमा
यस गीतमा निकै कर्णप्रिय स्वरका धनि र बहुप्रतिभासाली कलाकार नकुल ढकालको मौलिक लय शब्द अनि सुमधुर स्वर रहेको छ भने महिला आवाज तर्फ चर्चित गायिका मुना थापा मगरले आफ्नो सुरिलो स्वरको जादु छारेकी छिन ।
गायक नकुल ढकालको पनि यस गीतमा भरिएको कर्णप्रिय आवाजलाइ ध्यान दिने हो भने अब फेरि नेपाली लोक संगीतको क्षेत्रमा बिर्सनै नसकिने एक कलाकार नाम श्रोता दर्शकको मस्तिस्कमा रहनेछ ।
नकुल ढकालका चाखलाग्दा शब्दहरुमा उनले  मिठो स्वर भरेकी हुन । यो गीतमा मुना थापालाई नकुल ढकालले स्वरमा साथ दिएका छन भने तारानाथको संगीत रहेको छ ।
गीतमा सुष्मा अधिकारी, भरत रकल शाहि मायालु जोडीको रुपमा देखिएका छन् भने उनीहरुको अभिनय पनि चाखलाग्दो छ । यो मिठो गीतको म्युजीक भिडियोलाई भुपेन्द्र बानीया (भुपेन)ले निर्देशन गरेका हुन् ।
भने पछिल्लो समय निक्कै ब्य्स्त रहेका ओम प्रसाईले छाङ्कन तथा सम्पादन गरेका छ्न ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१