११२ वर्षे नेपाली महिला, जो हरेक दिन ३० चुरोट पिएर पनि स्वस्थ छिन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ माघ २०७२, बुधबार १९:३९

बुडीबटुली लामिछाने यही मार्च महिनामा १ सय १३ वर्ष पुग्नेछिन् । तर, यी स्वस्थ तन्दुरुस्त बयोबृद्ध महिलालेपल पलमा विज्ञानलाई नै चुनौती दिँदैआएकी छिन् ।

हरेक दिन ३० वटा चुरोट पिउँछिन् उनी । त्यसो त चुरोट पिउने उनको तरिका भिन्न र अनौठो छ । बुढी औँलो र चोर औँलोको बीचमा चुरोट च्यापेर पिउने गर्छिन् । यसै गरी चुरोट पिउन थालेको ९५ वर्ष भइसक्यो । यद्यपी कुनै असर देखिएको छैन ।

अर्थात्, १७ वर्षको उमेरदेखि नै बाटुलीलाई चुरोटको लत लागिसकेको थियो । ‘म बुढी भएँ जस्तो नै लाग्दैन ।’ उनी भन्छिन्, ‘तर उमेरले चाहीँ बुढी भइसकेँ । जीवनकालभरी धेरै कुरा फेरिसकेको देखेको छु ।’

अनौठो के भने, हरेक दिन ३० चुरोट पिउने लत लागेर पनि बाटुली स्वस्थ नै छिन् । सम्भवतः ‘चेनस्मोक’ बाटुली विश्वकै दोस्रो जेठी महिला हुन् । विश्वकै सबैभन्दा बढी उमेरकी महिला १ सय १६ वर्षे सुसन्ना मुसात जोन्स हुन् ।

(न्युयोर्क पोष्टबाट)

प्रतिक्रिया