भौगोलिक रुपमा दुर्गम तर प्राकृतिक शौन्दर्यताले भरिपूर्ण नुवाकोट जिल्लाको छाप गा.बि.स. गएको बिनासकारी भुकम्पमा लगभग सबैथोक गुमाउन पुग्यो । पहुच हुने ठाउँमा त सबै पुगे तर कठिन घण्टौको कच्ची बाटो हुँदै जानुपर्ने छाप जस्तो गाउमा अहिलेसम्म खासै प्रभाबकारी सहयोग पुग्न सकेन । जम्मा ५४६ घर धुरी गरेर करिब ४००० जनसंख्या भएको यस गाउमा अहिले पनी सर्बसाधारण उचित बसोबास खाना र अन्य प्राथमिक उपभोग्य सामानहरुबाट बन्चित भै निक्कै कठिन जीवन बिताइरहेका छन् । त्यही परिस्थितीलाई मनन गर्दै हामी केही सहयोगी भाव भएका युवाहरु जुटेर सकेको सहयोग त्यहासम्म पुर्याउने अभियानमा जुटेका छौ । आउनुहोस् तपाईं हामी सबै मिलेर जे जती जसरी जुन रुपमा सकिन्छ यो महान् सेवाको कार्यमा हातमा हात बढाऔ । सोही कार्यको सहयोगार्थ आउदो आइतबार साँझ ६:३० बजेदेखी ९:३० सम्म नोर्लिङ गजल, दरबारमार्गमा एक साङितिक कार्यक्रम आयोजना गरेका छौ । उक्त कार्यक्रममा पाल्नु भै यो अभियानमा सहयोग गरिदिनहुन पनि आग्रह गर्दछौ ।
सहयोगका लागि सम्पर्क – नबिन कोइराला ( ९८५१२०२२६५ ) पेशल भट्टराई ( ९८०१०८४७७२ ) भिपी सिंह ( ९८४००९२७१६ ) रुप जंग राना ( ९८६०२५२५३९ )
प्रतिक्रिया