एक माफिया, जसले श्रीमती र प्रेमिकाहरूलाई घाँटीमा सिक्रिले बाँधेर कुकुर जस्तै डोर्‍याउँछन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ माघ २०७२, बुधबार १८:५२

maphiyaएजेन्सी । संसारमा मानिसहरुको चाहाना हरेक हुने देखियो । आफ्नै श्रीमतिलाई समेत कुकुर बनाएर घाँटीमा बाँधेर डुलाउँने कुरा सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । अझ तपाई महिलालाई अधिकार दिनुपर्छ, पुरुषसत्ताको जाँतोमा पिस्नु हुन्न भन्ने धारणा राख्नुहुन्छ भने यो खबरले थप अचम्ममा पार्न सक्छ ।

आफ्नी श्रीमतीलाई कुकुरजस्तै बनाएर घुमाउने ब्यक्ति हुन् अस्ट्रेलियाका बेनन क्याडमेन । ति बिलासी जीवन बाँच्न रुचाउँने व्यक्ति भने ड्रग माफिया हुन् । उनी अस्ट्रेलियाको धनाढ्य व्यक्ति मध्ये एक हुन् । उनीसँग सुर्तीजन्य कम्पनी छ, जसको अस्ट्रेलियाभर करिब २ सयभन्दा बढी स्टोर मार्फत बजारमा विक्रि हुन्छ ।

बेलाबेलामा सामाजिक सञ्जालमार्फत बिलासिताका अचम्मलाग्दो तस्वीरहरु सार्वजनिक गरिरहने उनले भर्खरै एक महंगो रात्री भोजको आयोजना गरेको समाचार बाहिर आएको छ । बेलायती वेबसाइट डेली मेलका अनुसार उनले सो भोजमा २ लाख ५० हजार युरो खर्चिएको बताएका छ ।

डेलीमेलले बेननले आफ्नो जीवनकालको सबैभन्दा ठूलो भोज सम्पन्न गरेको बताएको छ । सो भोज उनले आफ्नो निजि फर्म हाउस गोल्ड कोस्टमा आयोजना गरेका थिए । भोजमा उनका व्यापारिक साथीहरुसहित ५ सयभन्दा बढी धनाढ्यलाई निमन्त्रणा गरेका थिए । उनीहरुले भोजमा स्वर्गीय आनन्दका साथ मोजमस्ती गरे ।

भोजलाई अझ भव्य र रंगीन बनाउन अष्टे«लियाका महंगा महंगा मोडल र नर्तकीहरूलाईसमेत निम्तो गरिएको थियो । ती मोडल भोज अवधीभर पाहूनाका वरीपरि घुमिरहेका देखिन्थे । तर चार युवती भने यस्ता थिए, जसले पार्टीका क्रममा बेननको साथ छाडेनन् ।

पार्टीमा सबैले कामउत्तेजक किसिमका नृत्यहरु प्रस्तुत गरे । भोजमा हात्तीसमेत ल्याई थप रमाइलो बनाएका थिए ।

भोजको क्रममा बेनन स्वयम्ले पनि केही प्रस्तुतिहरु दिए । उनको प्रस्तुतिमा महिलालाई सर्वाङ्ग बनाएर डोरीले बाँधेर लडाइएको थियो । केही युवती र आगन्तुकपनि अन्तर्वस्त्रमा घुमिरहेका थिए । ड्रग्स माफिया बेननको सो भोजलाई ‘धनको नाङ्गो नाच’को संज्ञा दिइएको छ ।

बेननका केही त्यस्ता अनौठो स्वभावसमेत रहेको छ । डेलीमेलका अनुसार उनले आफ्नी श्रीमतीलाई जनवारलाई जस्तो बाँधेर राख्छन् । श्रीमती तथा प्रेमिकाहरूलाई कुकुर बनाएर गाडीमा यात्रा गराउँछन् । तिनीहरूको घाँटीमा कुकुरलाई प्रयोग गर्ने डोरी बाँधिदिन्छन् र आफ्नो नियन्त्रणमा राख्छन् ।

कुख्यात ड्रग माफिया बेनन राति पार्टी र दिनमा स्वीमिङ पुलमा दर्जनौं युवतीसँग समय बिताउँछन् । अनि आफ्नी प्रेमिकाहरु र श्रीमतिसँग नुहाएको तस्बिर सामाजिक सञ्चालमा सार्वजनिक गर्छन् । उनी आफ्नो घरमा धेरैजसो समय बिकिनी मोडल्सवाट घेरिएका हुन्छन् ।

समाचारमा बताइए अनुसार उनको यो व्यवहारबाट आमा बुबा सारै चिन्तित गरेको बताइएको छ । साथै उनको सासु ससुराले आफ्नी छोरीलाई कुकुर बनाएको भन्दै विरोध गर्ने गरेको बताइएको छ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१