सम्राटद्वारा निर्देशित “किन तिमी” सार्वजनिक (भिडियो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ माघ २०७२, बुधबार ०९:२८

काठमाडौँ । युुवा निर्देशक अनिल सम्राटद्वारा निर्देशित “किन तिमी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेश बज्राचार्यको शब्द, संगीत र स्वरमा रहेको म्युजिक भिडियोमा बज्राचार्य स्वयमले अभिनय गरेका छन् । मोडल खुशी काफ्लेले अभिनयमा बज्राचार्यलाई साथ दिएकी छिन् । ललितपुरको भैंसेपाटी, सिकाली लगायत बिभिन्न रमणीय स्थलमा छायाङकन गरीएको उक्त भिडियोमा मिलन पछि बिछोड र बिछोड पछि पुनर्मिलन भएको बिषयबस्तु समाबेश गरीएको निर्देशक सम्राटले बताए । निर्देशक सम्राटले नै सम्पादन गरेको उक्त भिडियोको छायांकन सञ्जय लोहनले गरेका हुन भने सो भिडियोलाई महक ईन्टरटेन्मेन्टले बजारमा ल्याएको हो । पछिल्लो समय निकै व्यस्त रहेका युवा निर्देशक सम्राटले फेरी अर्को नयाँ भिडियो चाँडै बजारमा ल्याउने तयारी गरीरहेका छन् । बजारमा छिट्टै ल्याउने तयारी भैरहेको “कति हेर्नु लुकी लुकी” बोलको गीतको छायांकन समेत पुरा भैसकेको निर्देशक सम्राटले जानकारी दिए । यहि माघ भित्रै भिडियो सार्वजनिक गर्ने तयारी भैरहेको गायक दिपक क्षेत्रीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१