नेपाल टेलिकमले ल्यायो मिट सेवा : के हो मिट सेवा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ माघ २०७२, बुधबार ०७:३१

nepal-telecomकाठमाडौं । नेपाल टेलिकमले ग्राहक वर्गको सेवाका लागि Meet सेवा सञ्चालनमा ल्याएको छ । अब मिट सेवाको माध्यमबाट टेक्स्ट, फोटो, अडियो तथा भिडियोलाई एक अर्कामा सेयर गर्न सकिनेछ ।

टेलिकमले यसलाई www.meet.net.np  डोमेन नेमको रुपमा दर्ता गरेको छ भने यसको ब्रान्ड नेम Meet रहनेछ । नेपाली भाषामा Meet को अर्थ भेट्नु हुने र सबै यही स्थानमा भेट हुने प्लेटफर्मको रुपमा यसलाई विकास गरिएको हो ।

नेपाल टेलिकमले आफ्ना विभिन्न किसिमका सेवाहरुलाई एउटै सिस्टममा आबद्ध गराउने उद्देश्य अनुरुपUnified Communication System (UCS)  को रुपमा विकास गर्न ल्याइएको यो एउटा सेवा हो ।

nepal telecome-750

कम्पनीका मोबाइल (GSM/CDMA) मार्फत www.meet.net.np मा आफ्ना निश्चित विवरण भरी Register गरेर यो सेवा उपभोग गर्न सकिन्छ ।

नेपाल टेलिकमले यही सेवा मार्पmत ग्राहकलाई प्रतिदिन १० वटा SMS निःशुल्क दिने भएको छ । त्यसैगरी यो सेवा मार्पmत प्याकेजका रुपमा निश्चित शुल्क तिरेर एकै पटक धेरै संख्यामा SMS (Bulk SMS) पठाउन पनि सकिन्छ ।

यो साइटमा क्रमिक रुपमा ग्राहकका चाहना बमोजिम आगामी दिनमा अन्य सेवाहरु समेत उपलब्ध गराउदै जाने नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१