काठमाडौँ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) ले राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) सँग मिलेर देशव्यापी रुपमा पर्यटन सम्भाव्यताहरुको खोज, अध्ययन, अनुसन्धान गर्दै त्यसको प्रबद्र्धन गर्ने भएको छ । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) का प्रतिनिधिमण्डलले नवनिर्वाचित नाट्टा कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्न आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मधुसूदन आचार्यले पर्यटकीय सम्पदाको प्रबद्र्धनमा अनलाईन पत्रकारहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) ले सोसल मिडियाले एकछिन को सूचना मिनेट र सेकन्डमा नै सबैले थाहा पाउने मध्यम अनलाईन भएकोले अबको जमाना अनलाइनको विकल्प अरु केहि हुन नसक्ने जिकिर समेत गर्नुभयो । आफ्ना भनाइ राख्दै नवनिर्वाचित अध्यक्ष आचार्यले पर्यटनसँग सरोकार राख्ने संघ संस्थासँग मिलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार सम्मिलित सम्मेलन गराउन आवश्यक सहयोग गर्ने समेत बताए । नाट्टा निर्वाचन अगाडि पर्यटन क्षेत्र सुधारका लागि गरिएका प्रतिबद्धता पुरा गर्न आफू कटिबद्ध रहेको बताएका थिए । कार्यक्रममा नाट्टाका प्रथम उपाध्यक्ष सि एन् पाण्डेले देशभर रहेका पर्यटकीय क्षेत्रहरुलाई नोजासँगको सहकार्यमा उजागर गराईने र त्यसमा आपसी सहकार्य गरिने बताए । यसका लागि नोजासँग मिलेर तत्कालै आवश्यक कार्ययोजना बनाई कार्य गरिने बताए । त्यस्तै नाट्टाका महासचिव भिमप्रसाद पन्तले नाट्टाले उठाएका विषयलाई राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) ले अगाडि बढाउन सुझाव दिएकोमा धन्यवाद दिंदै आफूहरुले गरेका प्रतिबद्धता पुरा गरिने बताए ।बधाई कार्यक्रममा नोजाले महाभूकम्प र नाकाबन्दीपछि पर्यटन क्षेत्रमा सुधारका ५ बुँदे सुझाव प्रस्तुत गरेको थियो । कार्यक्रममा नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले पर्यटन क्षेत्रको प्रबद्र्धन र विकासका लागि यसै क्षेत्रमा दख्खल राख्ने पर्यटन पत्रकारहरुको साथ र सहयोग महत्वपूर्ण हुने भन्दै आगामि दिनमा सोहि किसिमका कार्यक्रम अगाडि बढाउन नाट्टाका नवनिर्वाचित कार्यसमितिलाई नोजाका अध्यक्ष ढुंगानाले सुझाव दिएका थिए ।
प्रतिक्रिया