विराटनगर । मोरङको रङ्गेली घटनामा प्रहरीको गोलीबाट यही माघ ७ गते मृत्यु भएका तीनजनाको शवयात्रामा हजारौँ सहभागी भएका छन् ।
विराटनगरस्थित कोसी अञ्चल अस्पतालबाट सुरु भएको सो शवयात्रा बजारका साथै मलायारोड हुँदै जनआन्दोलन चोक, ट्राफिक चोक हुँदै रोडशेषसम्म पुगेको थियो । शवयात्रामा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लालगायत नेताको सहभागिता थियो ।
सो घटनामा रङ्गेलीका द्रोपदीदेवी चौंधरी, बरडङ्गाका महादेव ऋषिदेव र डाइनिया–९ का शिवु माझी मृत्यु भएको थियो । उनीहरुको सोमबार नै दाहासंस्कार गरिएको छ ।
nayapage बाट साभार
प्रतिक्रिया