कट्रिना कैफसँग सलमानको सेल्फी : भने, ‘म पनि तपाईको लागि पागल छु’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ माघ २०७२, सोमबार २०:३४

कट्रिनामुम्बाई – रियालिटी शो बिग वोश ९ को फाइनलमा पुगेकी कट्रिना कैफलाई सलमान खानले भव्य स्वागत गरेका छन् । उनले कैट्रिनासँग सेल्फी लिदैँ भने–‘ कैटरीना तपाई धेरै शक्तीशालि महिला हुनुहुन्छ । पुरै भारत तपाईको लागि पागल छ । म पनि ।’ रणवीर कपूरसँग प्रेम सम्बन्धमा पर्नुअघि कट्रिना सलमानकी प्रेमिका थिइन् ।

आदित्य रोय कपूर पनि थिए कैट्रिनासँग
बिग बोसको फाइनलमा आदित्य रोय कपूर पनि कैट्रिनासँगै थिए । दुबै स्टार आफ्नो नयाँ चलचित्र ‘फितूर’ को प्रमोशनका लागि आए । आदित्य र कैट्रीनाले शोमा चलचित्रको गीतमा नृत्य समेत गरे । अभिषेक कपूरको निर्देशनमा बनेको यो चलचित्र १२ फेब्रुअरीमा रिलिज हुदैँछ ।

के सलमानसँग सल्लाह गरेर रणवीरलाई छाडेकी थिइन् कैट्रिनाले ?
पछिल्लो समय सञ्चारमाध्यममा रणवीर र कैट्रिनाको ब्रेकअपको चर्चा छ । रणवीरसँग ब्रेकअप हुनअघि कैट्रिनाले पूर्वप्रेमी सलमानलाई भेटेको बताइएको छ । दुबैले दुई घण्टासम्म कुरा गरेका थिए । त्यसपछि रणवीरसँग अलग हुने निर्णय कैट्रिनाले गरिन् ।
पछिल्लो ६ महिनासम्म रणवीर र कैट्रिना बस्दै आएको कार्टर रोडस्थित फ्ल्याट छाडेर रणवीर घर फर्किएका थिए । यसपछि उनीहरुको ब्रेकअपको खबर फैलिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१