काठमाडौं । नेपाली जनताले विगत चार महिनादेखि अघोषित नाकाबन्दीको मार खेपी रहेको बेला भारतीय दुतावासले राष्ट्रप्रमुखलाई बोलाएर काठमाडौंमा गजल सुनाएको छ ।
भारतको ६७औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राजधानीमा भारतीय दुतावासले राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा सांगीतिक कार्यक्रम आयोजना गरेको हो । गजल गायक अञ्जु गोयलद्वारा स्वरबद्ध गजल भारतीय साँस्कृतिक केन्द्रको आयोजनामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित राय, सशस्त्र प्रहरी प्रमुख दुर्जकुमार राईलगायत विशिष्ट अथितीहरुको सहभागिता थियो । गणतन्त्र दिवसको अवसर पारेर हरेक वर्ष भारतीय दूतावासले साताव्यापी कार्यक्रम गर्ने गर्दछ ।
ratopati बाट साभार
प्रतिक्रिया