राजनीतिमा पुराना सोच नहटेसम्म केही हुने वाला छैन : हब खड्का

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ माघ २०७२, सोमबार ०६:५४

हबकाठमाडौँ । जब सम्म व्यक्तिगत  आचरण , पार्टिगत निती, राजनीतिक आचरण सुध्रिदैन  तब सम्म यीनिहरु ले बोलेका सबै हावा को रुप्मा लिद हुने छ। बिगत २० बर्ष देखी राज्य ले बिकास को निती पाउन सकेको छैन। जनयुद्द को नाममा, जन आन्दोलनको नाममा, मधेसी थरु लिम्बुवान को आन्दोलनको नाममा सम्पूर्ण बिकासका कामहरु ठप्प प्राये नै छ। २०४७ साल यता राज्यले निरन्तर रुपमा अटोमेटिक हुने बिकास भन्दा अन्य खासै एही गर्‍यो भन्न लाएक कुनै बिकास, निर्माण र सम्रिद्दीको योजना अगाडि आउन सकेको छैन। निजी क्षेत्रहरुको एक्लौटी पहलबाट जे भएको छ, जनता को बेक्तिगत र सामाजिक तबरबाट जे भएको छ त्यो भन्दा बढी राज्य र सरकारको तर्फ बाट भन्न लाएक त्यस्तो कुनै प्रगती विवरण आउन सकेको पनि छैन।

हरेक आन्दोलन को परिवर्तन बाट बनेको नयाँ सरकार र पार्टी हरु को पौठे जुरी बाट बनेको नयाँ समिकरन ले पनि जनता ल राष्ट्र लाई ढाट्नु बाहेक अरु कुनै भरोसा आशा देखाउन सकेको छैन। हरेक पल्ट बन्ने नयाँ सरकार मा पनि पुरानै हरु नि पटक पटक प्रधानमन्त्री, मन्त्री नै बन्ने हुन, नयाँ सरकार बन्दै मा “कयापलट” आउने त्यस्तो कुनै सम्भावना देखिएको छैन र आएको महसुस समेत जनता ले गर्न सकेका छैनन। पुरानै पार्टी, पुरानै नेताहरु, पटक पटक एउटै अनुहार प्रधानमत्री देखी मन्त्री सम्म का नै हुने, बिउरोक्र्याटस हरु पनि बर्षउ देखी एउटै छन, राजा, पन्चायत र लोकतन्त्र जे आएता पनि बिउरोक्र्याट्स हरु पनि पुरानै छन। हरेक परिवर्तन पछी अटोमेटिक बनेका परिवर्तनकारी हरु मात्रै हुन। दिल, दिमाग, भिजन, काम गर्ने सैली, बेक्तिगत आचरन , व्यबहार मानसिक्ता सबै पुरानै हुन। ठुला पार्टी का ठुला नेता देखी बिउरोक्र्याट्स का हरेक कर्मचारी हरु पनि पुरानै ढर्रा का, पुरानै मानसिक्ता र आचारन का भये पछी अनी कहाँ बन्छ देश? एदी एही नेता हरु को भिजन मा राष्ट्र सम्रिद्द बन्ने भये २०५० भित्रै बनी सक्थ्यो राष्ट्र सम्रिद्द ? एदी राज्सस्था र राणा हरु को नेपाल सम्रिद्द बनाउने भिजन थियो भने उहिले नै बनिसक्थ्यो नेपाल सम्रिद्द अनी धनी राष्ट्र। २४० राज्सस्था ले राज गर्‍यो, १०४ बर्ष राणा हरु ले राज गर्यो , झन्डै १५ बर्ष पन्चायत ले राज्य सन्चालन गर्‍यो तर khai त् बिकास, निर्माण, सम्रिद्दी? २०४६ साल देखी २०६३ सम्म नै एमाले काङ्रेस मिलेर पालाई पालो त कहिले मिलेर राज्य सन्चालन गरे तर खै त बिकास निर्माण र सम्रिद्दी को योजन ? १४ बर्से जनयुद्द बाट राज्य सन्चालन सम्मा पुगेका मावोबादी ले पनि २ पटक नेत्रुत्वो लियर राज्य सन्चालन गर्‍यो तर कहाँ देखीयो बिकास निर्माण र राष्ट्र बनाउने योजन ?

अह एदी सिद्दान्त र योजना ले मात्र राष्ट्र बन्ने भये bani सक्थ्यो सम्रिद्द नेपाल । खाडी मुलुक, मलेशिया, भारत रोजगार र नोकरी को लागि हैन सम्रिद्द नेपाल भित्र लगानी गर्न त्यहाँ का ब्यापारी हरु लालायित हुन्थे । बेरोजगारी समस्या लाई पूर्ण रुप्मा निर्मुल गरी स्वोदेशी उत्पादन, स्वोदेशी लगानी र ठुला पारीयोजना हरु मा सरकारी, निजी र बैदेशिक लगानी का साथ अनगिन्ती हुने थिए । नत नेपाल को ईतिहास मा अहिले सम्म भएका राज्य संचालकहरु ले उचित र सभाबित निती ल्याउन सके , नत ल्याएका निती हरु लाई एक्सन मा लान सके नत सुरुवात गरिएका साना तथा ठुला पारीयोजना हरु सन्चालन मा नै ल्याउन सके। बरु भएका सम्पूर्ण सरकारी र पब्लिक कम्पनी हरु बन्द गराए, धरासाही बनाए, जनता को रोजगारी छिन्ने काम मात्रा गरे, नत निजिकरन गर्ने योजना ल्याउन सके नत गती नै दिन सके । भएका उधोग धन्दा पारीयोजना हरु पूर्ण रुपमा मार्ने काम मात्र गरेका छन तर सम्भाबित पारीयोजना हरु को अबलोकन सुरुवात अवस्था मै सिद्दिएका छन। यो यथार्थ हो। यो हामी सम्पूर्ण जनता ले बुजेका छौ तर महसुस गर्न सकेका छैनउ, बोल्न सकेका छैनउ, आवाज रोकिएको छ। आफु, समाज र राष्ट्र को प्रगती, बिकास, शान्ती, सुरक्षा र सम्रिद्दी को लागि हामी कहिले पनि एकजुट हुन सकेनौ। र तत्काल को सामाजिक र राजनीतिक पारीबेश ले हुने पनि दिएन।

हामी हामी बिच को खाडल बड्दै गएको छ। हामी को हौ भन्ने प्रश्न हरेक को दिमाग मा गुज्रने गरेको छ तर हामी नेपाली हौ भन्ने हामी ले सुत्ने बेला मा समेटा सोच्न सकेका छैनौ । देश रहे न हामी रहन्छौ। हाम्रो सस्क्रिती र समाज रहेन हामो पहिचान रहने छ। तर आज हामी हरु लाई नेपाली हैन जतिय बन्नु परेको छ, भाषिक बन्नु परेको छ, प्रदेशी बन्नु परेको छ। हो एउटा राष्ट्र जाती, भाषा र भुगोल को पूर्ण अधिकार र स्वोतन्त्रता बिना पूर्ण बन्न सक्दैन। एउटा स्वाधिन, सार्भभौमसत्ता र स्वोतन्त्र राष्ट्र मा हरेक जनता को भाषा, जातिय अस्थित्वो, कल्चर, र भुगोल को बराबर अधिकार र समान इज्जत हुनु जरुरी छ अनी बल्ल बन्छ स्वाधिन राष्ट्र। तर त्यो पनि हुन सकेको छैन। सबै ले सबै को सम्मान गर्न नसक्ने भएका छौ हामी। साथी भाई, आफन्त, परिवार र समाज लाई पूर्ण रुप्मा बिभाजन गरेका छन जुन अत्यन्त अभिसाप र पस्चाताप पूर्ण हुने छ। एही मै हुँ भन्ने ठुला पार्टी हरु को अकर्मन्यता र घमन्ड अनी जातिय र भाषिक रुप्मा आन्दोलन गरेर नेता बन्न पाउछु भन्ने आकान्छा ले आज ३ करोड नेपाली बिभिन्न बहना मा बिभजित हुनु परेको छ। हामी लाई लाग्छ कि हामी पूर्ण रुपमा सिद्दिने क्रम मा छौ। हामी पूर्ण रुपमा बिभजित हुने क्रम मा छौ।

अब यो क्रम भङ हुन जरुरी छ। यो निरन्तरता मा फुल्स्टप लगाउनु पर्ने समय आएको छ। हामी आफु आफु मा बिभाजित सम्पूर्ण दाजु भाई त दिदी बहिनी हरु फेरी एकपटक नेपाल राष्ट्र को लागि हाम्रो राष्ट्रियता जोगाउन को लागि, सार्बभौमसत्ता राष्ट्र नेपाल को शान र गौरब लाई उच्च पार्न र साची नै हाम्रो सानो सुन्दर राष्ट्र लाई सम्रिद्द नेपाल बनाउन अभियान मा लाग्नु पर्ने समय आएको छ। हामी चाहन्छौ यो अभियान तपाईं हामी बिच बाट नै होस्। हामी चाहन्छौ यो अभियान पूर्ण रुप्मा जनता को अभियान हुन सकेको होस्। तत्काल भएको सम्पूर्ण समाजिक र राजनीतिक परिवर्तन को लागि हुन सकेको होस्। हामी ले गुमाउदै गरेको पहिचान, शान, इज्जत, नाम अनी हाम्रो सुरक्षा को लागि होस्। अब पनि हामी सम्पूर्ण देश बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली हरु एकजुट हुन नसक्ने हो भने, आफु, समाज र राष्ट्र को लागि बिशाल सामाजिक अभियान सुरु गर्न नसक्ने हो भने हामी सँग तत्क्लाल बचेँको अधिकार, हैसियत र इज्जत पनि गुम्ने छ। हामी ईतिहास को अन्तिम घडी मा आएर रोकिएका छौ। अब को परिस्थिती वा परिवर्तन कि त सिद्दिनु को हुने छ ki त् बन्नु को नै ? एकपटक सिरियस्ली सोच्ने बेला आएको छ।

हामी बिगत केही महिना देखी निरन्तर रुप्मा कसरी अगाडि बद्न सकिन्छ? यो सम्पूर्ण प्रकृया लाई कसरी रोक्न सकिन्छ? शान्त, सुन्दर अनी सम्रिद्द नेपाल को लागि कुन अभियान वा उदेश्य लियर सयुक्त रुप्मा जान सकिन्छ भन्ने छलफल मा छौ। हामी ले प्रस्ट बुजेका छौ राजनीतिक अभियान, राजनीतिक प्रकृया, राजनीतिक निर्णय र राजनीतिक माहोल बिना कुनै पनि कुरा को सम्भब छैन। सामाजिक रुपान्त्रन को लागि, राजनीतिक परिवर्तन को लागि, पूर्ण रुपमा पोलिटिकल सिस्टम चेन्ज गर्न को लागि, युबा तथा घरेलु उधमी लाई प्रबर्दन गर्न को लागि , घरएलु उत्पादन लाई बढावा दिन को लागि , रोजगरी को श्रीजना गरी खाडी, मलेशिया जाने क्रम लाई रोक्न को लागि, सरकारी, निजी तथा बैदेशिक लगानी को लागि उचित निती ल्याउन को लागि, कृषि प्रधान देश मा ब्यबसयिक कृषि सिस्टम , जडिबुटी को उचित ब्यबस्थापना र प्रबर्दन, डोमेस्टिक र बैदेसिक पर्यटन प्रबर्दन, जल बिद्युत, धातु र अन्य बहुमुल्य खानि हरु, पानी को उचित प्रयोग र ब्यबस्थापना को लागि पनि राजनीतिक निर्णय र योजना नै आबस्यक भएको कारण हामी राजनीति मै प्रबेश गर्नु को बिकल्प छैन। सुन्दर अनी सम्रिद्द नेपाल को पारीकल्पना अनी सम्भावना हामी सँग छ। अहिले का पुरना र नयाँ भनियका नेता हरु र बिउरोक्र्याट्स हरु सँग हुनै सक्दैन। भएको भये गरी सक्थे , देखाइ सक्थे बनाइ सक्थे राष्ट्र। हामी कुनै राजनीतिक मोह, लोभ को कारण ले हैन बिसुद्द रुप्मा राष्ट्र र राष्ट्रियता को जगेर्ना गर्न अनी सधैं को लागि फ्युचर जेनेरेसन्स को लागि सम्रिद्द नेपाल बनाएर देखाउन चाहन्छौ। हामी पूर्ण रुप्मा प्रतिस्पर्धा मै जान चाहन्छौ र जाने छौ। हामी बोलेर हैन सुरु देखिनै गरेर देखौदै अगाडि बड्ने छौ। हामी ब्याद, सिद्दान्त र शब्द मा हैन कर्मा र काम अनी एक्सन मा विश्वास गर्छौ र् एक दिन एही विश्वाश ले हामी नेपाल लाई बनाउने छौ। हामी २४० वा १०४ बर्ष को राज्य सन्चालन मा हैन १० देखी २० बर्ष भित्र मा अहिले भएको नेपाल लाई सम्रिद्द नेपाल को लिस्ट मा पुराउने छौ। हाम्रो राष्ट्र नेपाल मा पनि १० देखी २० बर्ष भित्र मा बिकास, निर्माण र सम्रिद्दी को सम्भब छ। त्यो हामी ले नजिक बाट देखेका छौ। र हरेक विद्वान, योजना बिद हरु, अर्थबिद हरु, अनुभबी हरु, योजनकार हरु र भिजन भएका हरेक पाका तथा युबाहरु सबै सँग मिलेर अगाडि बड्ने छौ।

आउनुहोस् हातेमालो गरौ। हामी छिट्टै हाम्रो सम्पूर्ण तयारी सार्वजनिक गर्ने छौ। नेपाल भित्र र बाहिर संगठन बिस्तार को लागि यथासक्दो चाडो आबसेक्ता अनुसार टिम तयार गर्ने छौ। नेपाल को हरेक प्रदेश, जिल्ला, नगरपालिका, गाउ बिकास र वडा हरु सम्म हामी पुग्ने छौ। हामी आन्तरिक रुप को सम्पूर्ण तयारी हरु लाई केही महिना भित्रै सार्वजनिक गर्ने छौ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१