यौन स्वास्थ्यका बारेमा धेरैले नबुझेका ७ कुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० माघ २०७२, आईतवार ०८:५०
हाम्रो जस्तो पूर्विय समाजमा यौन स्वास्थ्यका बारेमा प्रष्ट नबुझाइने हुँदा यौनका बारेमा थुप्रै अपव्याख्या गरिनुका साथै अन्दाज अड्कलको भरमा व्यवहारहरु गर्ने गरिन्छ । तसर्थ यौनका बारेमा जान्नका लागि यौन शिक्षा दिनु आवश्यक हुन्छ । यहाँ हामि यौनका बारेमा केही रोचक र लुकेका कुराहरु प्रष्ट पार्न गइरहेका छौ । जान्नको लागि हेर्नुस यौन सम्वन्धि  ७  तथ्यहरु :
१.ओरल सेक्सबाट कुनै हानी हुदैन :  प्राय सबैजसोमा ओरल सेक्सबाट कुनै हानी हुदैन भन्ने भ्रम रहेको हुन्छ । तर यो विल्कुल तपाँइको भ्रम मात्र हो । ओरल सेक्सबाट सेक्सुअली ट्रान्स्मिटेड बिरामीहरुको रोग फैलन्छ । ओरल सेक्सको समयमा यदि मुखमा वा ओठमा घाउ भएको पाइएमा यौन रोग फैलने धेरै हदसम्म सम्भावना रहन्छ । यहा सम्मकी यसबाट क्यान्सर समेत हुनसक्ने सम्भावना रहन्छ ।
२.पहिलो पटकको सेक्समा गर्भाधान : धेरै मानिसहरुमा के भ्रम रहेको छ भने पहिलो पटकको सेक्समा गर्भाधान हुदैन । तर गर्भाधानको लागि सेक्स पहिलो पटक गरियो वा दोश्रो पटक भन्ने हुन्न । सत्य यो हो कि सेक्स कुन पिरीयडमा गरियो । सेक्सको गरिएको पिरीयड यदि सहि समयमा पर्यो भने पहिलो पटकको सेक्समै पनि गर्भाधान हुने सम्भावना हुन्छ ।
३.फोरप्ले सही हुदैन :  धेरै मानिसहरु फोरप्ले लाइ सही मान्दैनन र यो गर्नुहुन्न भन्छन । तर फोरप्ले हानिकारक हुदैन । यसले त सेक्स लाइफ लाइ नै आनन्दित बनाउछ ।
४.महिनावारी सकिएपश्चात सेक्स हन्न :  धेरै मानिसमा के भ्रम रहेको छ भने महिलाहरुमा महिनावारी रोकिएपछि सेक्स इच्छा हुदैन र उनीहरु सेक्स गर्न सक्दैनन । तर, वास्तवमा यो भ्रम हो महिनावारी बन्द हुनुको यो मतलव यो  हैन कि उनीहरुको सेक्स लाइफ नै समाप्त भयो ।
५.सेक्स लाइफसँग खानपानको सम्वन्ध :  केही मानिसहरु खानपानको सेक्स लाइफसँग कुनै सम्वन्ध हुदैन भन्ने ठान्छन । बास्तवमा सेक्स लाइफमा खानपानको निकै सम्वन्ध रहन्छ । पोषणयुक्त आहारले नै सेक्स पावर बढाउदछ भन्ने कुरा धेरैलाइ थाहा नहुन सक्छ ।
६.गर्भावस्थामा सेक्स :  थुप्रै मानिसहरु यो बिषयमा भ्रममा छन । कोही गर्भावस्थामा सेक्स गर्नै हुदैन भन्ने बुझ्छन त कोही पोजीसन मिलाएर गर्दा हुन्छ भन्ने बुझ्छन । वास्तवमा सत्य के हो भने गर्भ रहेको १२ हप्ता पछि र गर्भवती हुनु १२ हप्ता अघि सेक्स गर्दा आमा र बच्चालाइ खतरा हुनसक्छ । यो बाहेकको समयमा मात्र तपाइले पोजिसन मिलाएर सेक्स गर्न सक्नुहुँन्छ ।
७.सेक्स क्षमता बढाउने औषधि : धेरै मानिसहरुमा के भ्रम रहेको छ भने सेक्स पावरमा कमि भयो भने सेक्स क्षमता बढाउने औषधि खाँदा समस्या समाधान हुन्छ  । तर वास्तवमा सेक्स क्षमता बढाउने औषधिका थुप्रै साइड इफेक्टहरु हुने गर्दछन । पहिलो कुरा त यस्ता औषधिको अधिक सेवनले तपाँइमा भविश्यमा औषधी नखाइ सेक्स नै गर्न नसक्ने आदत समेत बनाउन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१