सम्पूर्ण राष्ट्रसेवक, बुद्दिजिबी, बिकास र सम्रिद्दिका अभियन्ता र जुझारु युबा दाजुभाइ दिदिबहिनीहरुमा अपिल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ माघ २०७२, शनिबार २०:३४

हब खड्का ।  विसिओंजय मातृभूमी !

तल उल्लेखित केही बुदाहरुमा यहाँहरुको सुझाब र सल्लाहको अपेक्षा हामीले गरेका छौ ।

१. नेपाल राष्ट्र सम्रिद्द बन्न के के गर्नु पर्ला ? कसरी र कहिले सम्म सम्भब होला ?
२. नेपाल राष्ट्र अहिले सम्म सम्रिद्द बन्न नसक्नु, बिकास र निर्माणको काम ठप्प हुनुमा के ले रोक्यो ? किन नेपाल राष्ट्र असफल बन्दैछ ? एसो हुनुको चुर कारण के हो र एस्लाई रोकी बिकासको मुल फुटाउन गर्नु पर्ने न्युनतम कामहरु केके होला ?

३. बेरोजगारिको समस्या निर्मुल पारी रोजगारिको ग्यारेन्टि कसरी गर्न सकिन्छ ? के रोजगारी नै राष्ट्रिय सम्रिद्दिको आधार हो वा हैन भने सम्रिद्दिको न्युनतम आधार के हो ?

४. समाजिक र राजनीतिक रुपान्त्रण कसरी गर्न सकिन्छ ? गलत राजनीतिक कल्चर र अदुर्दरसितालाई कसरी रोक्न सकिन्छ ?

५. तत्काल भैरहेको कालाबजारी के कारणले हुँदैछ र यो किन रोक्न सकिएको छैन ? युबाहरु लाइन लागि ५ गुणा पैसा तिरी तेल ल्याउन आतुर छन तर आवाज किन उठ्न सकेको छैन ? हिजो १ रुपया बृदि हुँदा नेपाल नै ठप्प पार्न सक्ने अहिले किन आवाज रोकिएको छ ? खासमा भैरहेको कालाबजारी रोक्न के गर्नु पर्ला ?

६. तपाईंको बिचारमा यो नाकबान्दी किन लगाइदैछ भारत द्वारा ? किन मधेसिहरु आन्दोलित छन ? र मधेश आन्दोलनको समाधान के होला ?

७. राष्ट्र निर्माणको लागि आबस्यक “नयाशक्ती” होकी “युबाशक्ती”? के युबाशक्ती द्वारा अहिलेको परिबेशमा “नयाशक्ती” को सम्भावना छ ? अथवा पुराना शक्तिहरुलाई नै बुझाई सिकाइ राष्ट्र निर्माण मा लाग्न सकिन्छ ? अब को भाबी नेपाल (future nepal) को लागि कसरी युबाबर्ग अगाडि बढ्नु पर्ला ?

८. बिभाजित हुँदै गएको हाम्रो समाज र बिखन्डन तिर लागेको हाम्रो राष्ट्रलाई कसरी राष्ट्रिय एकताको शुत्रमा बाध्न सकिन्छ ? न्युनतम आधार र सम्भावना के हुन सक्छ ?

९. जलस्रोत, कृषि, पर्यटन, जडिबुटी, म्यानुफ्याक्चरिङ्ग कलकारखना, स्वदेशी उत्पादनहरु लाई कसरी लगानी ब्यबस्थापना गर्न सकिन्छ ? एही आधार हो जस्ले सुन्दर अनी सम्रिद्द नेपाल निर्माण गर्न सक्छ तर जनता, समाज र राज्य द्वारा कसरी अगाडि बड्नु पर्ला ? न्युनतम आधारभुत् तयारी कस्तो हुनु पर्छ ?

माथि उल्लेखित महत्तोपूर्ण बुदाहरु जहाँबाट हामीले नेपाल राष्ट्रको भाबी निती तय गर्न सक्छौ । तपाईंहरुको उमुल्य समय, अनुभब र परिकल्पना नेपाल राष्ट्रको लागि अपरिहर्य भएको छ । हामीलाई विश्वाश छ तपाईंको बिचार र भिजनले राष्ट्र निर्माणको खाका कोर्न मद्घत पुग्नेछ । तपाईंले आफ्नो सम्पूर्ण महत्तोपूर्ण दस्तावेज र अनुभब अनी बिचार यस् ईमेल info@visionfornepal.org मा पठाउन सक्नु हुनेछ । साथै प्रिन्टेड डकुमेन्ट यस् पोस्ट बक्समा पठाउन सक्नुहुनेछ ।

सम्पर्क –
परिवर्तनको लागि राजनीतिक अभियान
together with भिजन फर नेपाल
पोस्ट बक्स : २३५०३
काठमान्डौ, नेपाल
ईमेल: info@visionfornepal.org
www.visionfornepal.org

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१