कस्तो बेलाको यौनसम्पर्कले रहन्छ त गर्भ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ माघ २०७२, शनिबार २०:२८

यौन सम्पर्क गर्दैमा गर्भ रहन्छ भन्ने आम सोचाई पाइन्छ । तर गर्भ रहनका लागि महिलाको शरीरमा केही विशेष दिनहरुले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । महिनावारीपछिका केही खास दिनहरुमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना अन्य दिनभन्दा निकै बढी हुन्छ ।

यदि तपाईले बच्चा पाउने योजना बनाउनु भएको छ भने यो जानकारी तपाईलाई अति आवश्यक छ ।

तपाईंको महिनावारी नियमित यस्तै (२८ दिनमा) रूपमा हुने गरेको छ भने १३, १४ दिनमा डिम्ब निस्कासन हुन्छ। यसको हाराहारीमा यौनसम्पर्क हुँदा गर्भरहने सम्भावना हुन्छ। त्यसो त यसअघि पनि १०, ११ दिनमा दिनमा सम्भावना नै नहुने भने होइन ।

अर्को कुरा यौनसम्पर्क गर्दा योनीभित्र वीर्य खसेकै हुनुपर्छ । वीर्य स्खलनको बेला वीर्य सही ढंगले खसेन, बाहिर स्खलन भयो भने गर्भ रहँदैन । युवाहरूले यस्ता भैपरी आउने यौनसम्पर्कमा लिङ्ग झिक्ने विधि प्रयोग गर्ने भए पनि उनीहरू अभ्यस्त नभएको हुनाले ठीक समयमा झिक्न नसकेका हुन सक्छन् र त्यसको परिणाम गम्भीर हुनसक्छ।

तर तपाईहरुले बच्चा नै पाउन चाहेको हो भने महिनावारी भएको १३ औ दिनदेखि आनन्दमयी वातावरणमा यौनसम्पर्क गर्दा फाइदा पुग्छ । यो एक हप्ता गर्भ रहनका लागि निकै उर्बर मानिन्छ ।

हुन त बच्चा पाउने कुराका बारेमा पूर्व योजना बनाउने सचेतना कमै पाइन्छ नेपाली समाजमा । तर यदि बच्चा पाउने मन हो भने शुरुमा नै डाक्टरलाई भेटेर सामान्य स्वास्थ्य चेकअप गर्दा राम्रो हुन्छ । शरीरमा भिटामीनको बी, आइरन आदिको अवस्था के छ भन्ने कुरा जाँच गरेर भीटामिन बीको औषधी सेवन गर्भ रहनु अगाडि देखि नै खाने सल्लाह समेत केही डाक्टरले दिने गर्दछन् । फोलिक भनिने यो औषधीले गर्भमा बच्चाका लागि चाहिने आवश्यक कुरा तयार गर्छ भनिन्छ । त्यही आधारमा यो १४ औं दिनदेखि शुरु हुने विशेष अवधिका यौनसम्पर्क गर्ने हो भने गर्भ रहन्छ नै । यदि अन्य समस्याहरु छैनन् भने ।

यदि तपाईले कण्डम नलगाई यौनसम्पर्क गर्नुहुन्छ भने यो अवधिमा सावधानी अपनाउनु राम्रो हुन्छ । कतिपयबेला अनिच्छित गर्भ रहन सक्छ । यसका लागि कण्डमको प्रयोग सबैभन्दा उत्तम हो । कण्डमको गुणस्तरीयता भने हेर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१