२३ वर्षपछि फुटबलमा अन्तर्राष्ट्रिय प्रतियोगिता जित्यो नेपालले, बहराईनलाई ३–० ले हरायो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ माघ २०७२, शनिबार ०९:००

khelकाठमाडौं । नेपालले २३ वर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा जीत हासिल गरेको छ ।

बंगलादेशमा भइरहेको बंगबन्धु गोल्ड कप फुटबल प्रतियोयिगताको फाइनल खेलमा बइराईनलाई ३ गोल हान्दै नेपालले प्रतियोगिता जितेको हो । नेपालले सन् १९९२ मा दक्षिण एशियाली खेलकुदमा फुटबलमा स्वर्ण पदक जितेपछि हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सकेको थिएन । संयोग नै भनौं राजु शाक्यको कप्तानीमा रहेको टीम नेपालले त्यसबेला पनि ढाकाको बंगबन्धु स्टेडियममा भारतलाई टाई ब्रेकरमा हराउँदै जीत हासिल गरेको थियो ।

प्रतियोगितामा सर्वाधिक गोल हानेका नवयुग श्रेष्ठ पुरस्कार ग्रहण गर्दै । नवयुगलेएक ह्याट्रिकसहित ४ गोल हानेका थिए ।
प्रतियोगितामा सर्वाधिक गोल हानेका नवयुग श्रेष्ठ पुरस्कार ग्रहण गर्दै । नवयुगलेएक ह्याट्रिकसहित ४ गोल हानेका थिए ।

नेपालका लागि बिमल घर्तीमगरले पाँचौ मिनेटमा पहिलो गोल हान्दै नेपाली खेलाडीको मनोबल उच्च गरेका थिए । बहराईनले भने खेलमा कुनै गोल गर्न सकेन । खेलको ८७ औं मिनेटमा विशाल राईले दोस्रो गोल गरे । उनले अञ्जनको उत्कृष्ट पासमा गोल गरेका हुन् । खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गर्दै नेपालको जित निश्चित पारे

खेलमा बहराईनका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाए । नेपालका सुमन लामालाई रेडकार्ड देखाइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१