जिदानको झल्को दिने पेपेको ‘हेडबुट’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७१, मंगलवार ११:४५

एजेन्सी,सन् २००६ को विश्वकपमा इटलीले उपाधि उचाल्नुभन्दा फ्रान्सका जिनेदिन जिदानको ‘हेडबट’ले धेरै चर्चा पायो । फ्रान्सका भेट्रान जिदानले माटेराजीलाई टाउकाले छातिमा हानेर मैदानमा लडाएका थिए ।
ब्राजिल विश्वकपमा जर्मनी र पोचुगलबीचको भिडन्तमा जिदानको झल्को दिने गरी पेपेले ‘हेडबट’ हाने ।10411799_791575804200197_5519318575720746340_n
पोर्चुगलका डिफेण्डर पेपेले जर्मनका थोमर मुलरलाई टाउकोमा टाउकोले हानेर मैदानमै लडाएका छन् । जसका कारण पेपेले रातो कार्ड खाए भने मुलरले पेपेको टोली पोर्चुगलविरुद्ध हृयाटि्रक गर्दै जर्मनलाई ४-० को जित दिलाए ।
खेलको ३७ औं मिनेटमा पेपे र मुलर बलका लागि संघर्ष गरिरहेका थिए । शारीरिक रुपमा बलिया पेपेको हातले मुलरको मुखमा लाग्न पुग्यो ।Pape-and-muller
मुलरले अपील गरे । उनी रेफ्रीलाई प्रभावित पर्न बढी नै अभिनय गरेको जस्तो देखिन्थ्यो । तर, सन्काह स्वभावका पेपे मैदानमा बसिरहेका मुलर नजिक गए र आफ्नो टाउकोले मुलरको टाउकोमा हानेर लडाइदिए ।
लगतै रेफ्रीले पेपेलाई रातो कार्ड दिए । तर, बढी अभियन गरेकाले मुलरलाई पहेालो कार्ड दिनु पर्ने भन्दै रेफ्रीको आलोचना समेत भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१