अभिभावकले नै गरे विद्यालयमा तालाबन्दी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ माघ २०७२, शनिबार ०८:४८
विद्यालयमा तालाबन्दीबैतडी । विद्यालय व्यवस्थापन समिति गठन हुनुपर्ने माग राख्दै बैतडीको दुर्गा उच्च माविमा अभिभावकले शुक्रबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
गत जेठ २१ गते भएको विद्यालय व्यवस्थापन समितिको बैठकले निर्वाचनमार्फत विद्यालय व्यवस्थापन समिति गठन गर्न खोजिँदा विवाद भएपछि अहिलेसम्म व्यवस्थापन समिति गठन गर्न सकिएको छैन ।
यसबारे जिल्ला शिक्षा कार्यालय र स्थानीय राजनीतिक दललाई पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि अभिभावकले विद्यालयमा तालाबन्दी गरेको स्थानीयवासी गङ्गासागर जोशीले जानकारी दिए।
अभिभावकले यो विषयमा सुनुवाइ नहुञ्जेलसम्म ताला नखोल्ने बताएका छन् । अभिभावकले विद्यालयमा तालाबन्दी गरिदिएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१