के तपाइमा पनि श्वास गन्हाउने समस्या छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ माघ २०७२, शुक्रबार १६:०१

मानिसको शरीर न हो,हरेक मानिसलाई कुनै न कुनै प्रकारको समस्याले सताई रहेको हुन्छ । यो हामिले भोग्दै नै आएको छौ ।समस्या सामान्य होस् या जटिल सबैलाई पीडाहुन्छ । यस्तै धेरैखाले समस्या तपाई लाई पनि हुन सक्छ ।सांस

प्राय बालबालिका देखि युवायुवति अनि बुढापाका सबैलाई बिभिन्न खाले समस्याले पिरोलि रहेको हुन्छ । हो यस्तै एउटा समस्या हो शास गनाउने । के तपाइको पनि सास गनाएर हैरान हुनुभएको छ ? अनि साईभाईको नजिक गएर कुरा गर्दा अड फिल पनि भएको छ होला । कतिपयत सासकै समस्याले गर्दा धेरै रचनात्मक कार्यहरुबाट समेत बन्चित भएको हुन्छन । बोल्दा, श्वास फेर्दा अगाडि वा वरपर बसेका व्यक्तिहरूलाई आफ्नो श्वास गन्हाएको अनुभव हुने र टाढिन वा नाकमुख छोप्न खोज्ने, कहिलेकाहीँ वा कसै–कसैलाई आफैँलाई पनि श्वास गन्हाउने लक्षणहरू यस समस्यामा देखिन्छन् ।
हो यो समस्याले तपाइलाई कतै सताएको त छैन आज हामि तपाइलाई यसको बारेमा थोरै जानकारी दिन्छौ है त ।
हृयालिटोसिस अर्थात नेपालीमा सास गनाउने समस्या यसले हृयालिटोसिसले व्यक्तिलाई सामाजिक र मानसिकरूपमा मात्र नभर शारीरिक क्षति पनि पुर्याउँदछ । केही ब्याक्टेरियाहरू जसले हृयालिटोसिस गराउँदछन्, तिनले दात दुखाउने, कालो बनाउने, जरा कमजोर बनाउने, चपाउने शक्तिमा क्षति पुर्याउने गर्दछन् । साथै मुखमा अनेक किसिमका घाउ आउने, जिब्रोमा खटिरा आउने नै सास गनाउने समस्याको रुपमा परीरणत हुन्छ ।
सल्फर र यसको कम्पाउण्ड सास गनाउने समस्याको मुख्य कारण हो । हामीले खाएको प्रोटिनलाई, जिब्रो, ओठको भित्री भाग, गिजा, दाँतको खाल्डो र दुई दाँत बीचको ठाउँमा बसेका ब्याक्टेरियाले सल्फर र यसका कम्पाउण्डमा परिवर्तन गर्दछ । जसको कारण नराम्रो गन्ध आउने ग्यास पैदा हुन्छ र सासमार्फत ग्यास बाहिर जाने भएकाले सास गनाउँछ ।
धेरै चुरोट खाने, जाँडरक्सी खाने, गुलियो खाएपछि कुल्ला नगर्ने, मुखको सरसफाइ नगर्ने, सुर्ती खाने, दाँत कीरा लागेको कलेजो अथवा मृगौलाको रोग लागेका व्यक्तिहरूमा त्यस्तो ब्याक्टेरिया अत्यधिक मात्रामा पाइन्छ । त्यस्ता व्यक्तिहरू जसलाई निरन्तर कब्जियत भइरहन्छ, जसको गिँजाबाट रगत आउँछ, दात माझ्दा दुख्छ, पेटमा र सानो आन्द्रामा घाउ छ । पित्त थैलीमा खराबी छ, जो अति नै कम पानी खाने गर्दछन्, उनीहरूलाई हृयालिटोसिस गराउने ब्याक्टेरियाको इन्फेक्सन चाँडै हुन्छ र अरूभन्दा चाँडो सास गनाउने समस्या पैदा हुनसक्छ ।
त्यसैले यो समस्याको समाधान गर्नु आवश्यक छ । दाँतमा खानेकुरा धेरै समयसम्म अड्किएर बसिरहेमा, राम्ररी दाँत मुखको सरसफाइ नगरेमा, गिजाबाट रगत र पिप आउने गरेमा, दाँत कीराले पनि खान्छ । मुखको यस्तो अवस्था हृयालिटोसिस हुनको लागि उपयुक्त अवस्था हो । त्यसैले बच्चाहरूले चकलेट, आइसक्रिम वा गुलियो मिठाइहरू खाएपछि मुखको सरसफाइमा विशेष ध्यान दिनु र्पछ । । मुखको सरसफाइमा एकदमै ध्यान दिनुपर्छ । अध्यधिक चिसो वा तातो अलग९अलग वा सँगसँगै पनि खानु हुँदैन । हरेक पटक गुलियो चीज खाएपछि कुल्ला गर्नु अनिवार्य छ । बिहान र बेलुका खाना खाइसकेपछि दाँत माझ्न जरुरी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१