नेपाली विद्यार्थीले गरे अन्तरिक्षयात्रीसँग कुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ माघ २०७२, बिहीबार ०८:४८

studentकाठमाडौं । नक्सालस्थित बृहस्पति विद्यासदनमा उपस्थित विभिन्न विद्यालयका २४ विद्यार्थीले बुधबार एस्ट्रोनट्स (अन्तरिक्षयात्री)सँग कुराकानी गरेका छन् । उनीहरूले अन्तरिक्षयात्रीसँग विभिन्न प्रश्न सोधेर अन्तरिक्षसँग सम्बन्धित आफ्ना जिज्ञासा मेटे । उपत्यकाका ६ विद्यालयका विद्यार्थीले करिब एक वर्षदेखि अन्तरिक्षमा रहेका सातजना अन्तरिक्षयात्रीसँग कुराकानी गरेका हुन् । नेपालमै पहिलोपटक एम्योचर रेडियोको माध्यमबाट त्यसरी कुराकानी गरिएको हो । पृथ्वीबाट चार सय किलोमिटर माथि र २८ सय किलोमिटर प्रतिमिनेटको गतिमा कुद्ने अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा रहेका बेलायती अन्तरिक्षयात्रीसँग विद्यार्थीले लगभग १० मिनेट कुराकानी गरेका थिए । उनीहरूले बेलायती अन्तरिक्षयात्री टिमोथी पिकसँग प्रश्नहरू सोधेका थिए । enayapatrika बाट साभार

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१