५० लाख मान्छेलाई निगरानी गर्न २५० सिसिटिभी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ माघ २०७२, बिहीबार ०८:४१

c tvसिसिटिभी थोरै भएकोमा गुनासो

महानगरीय प्रहरी कार्यालयले बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उपत्यकाका सांसद, व्यवसायी तथा विभिन्न क्षेत्रका अगुवाले देशको राजधानीको अवस्था अस्तव्यस्त बन्दै गएको भन्दै आलोचना गरे । जब उनीहरूले करिब ५० लाख जनसंख्या रहेको उपत्यकामा जम्मा दुई सय ५० वटा सिसिटिभी जडान भएको सुने त्यसपछि आश्चर्यचकित परे ।

सिसिटिभी बढाउन माग

एमाले सभासद् रामवीर मानन्धरले जनसंख्याको तुलनामा सिसिटिभीको संख्या ज्यादै थोरै भएको भन्दै बढाउनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘उपत्यकामा सिसिटिभीको संख्या तत्कालै बढाउनुपर्‍यो । दुई सय ५० त धेरै कम भयो ।’ त्यसका लागि प्रहरीमा मात्र भर नपरी सबैको सहकार्य आवश्यक रहेको अरू सांसदले पनि बताए ।

प्रहरीको कामप्रति सांसद् खुसी

सामान्यतया प्रहरीले गरेको अन्तक्र्रियामा प्रहरीको आलोचना सुनिन्थ्यो । तर, बुधबारको सांसद, व्यवसायी तथा अधिकारकर्मीले प्रहरी सक्रियताको खुलेर प्रशंसा गरे । सांसदहरूले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापा र अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको प्रशंसा गरे । ‘नाकाबन्दीको बहानामा तीन सय २० रुपैयाँ प्रतिलिटरमा खानेतेल बिक्री भइरहेको थियो । प्रहरीले छापा मारेपछि एक सय ५० मा झर्‍यो,’ सांसद राजेन्द्र केसीले भने, ‘आमगृहिणीले समेत राहत अनुभव हुने गरी प्रहरीले काम गरेको छ ।’

प्रहरीलाई दिए सुझाब

अरू सांसदले म्याच फिक्सिङ प्रकरण बाहिर ल्याएपछि देशमा राष्ट्रियताको भावना बढेको र नेपाली फुटबलको नयाँ युग सुरु भएको भन्दै प्रशंसा गरे ।
ललितपुरका सांसद उदयशमशेर राणाले पनि प्रहरीले सबैसँग सहकार्य गरेर शान्तिसुरक्षा चुस्त बनाउने काम गरेको भन्दै प्रशंसा गरे । भक्तपुरका सांसद प्रेम सुवालले प्रहरी जनताको साथी बन्न थालेको, तर अझै केही प्रहरी गलत गतिविधिमा संलग्न रहेको भन्दै सच्चिन सुझाब दिए ।
सांसद ध्यानगोविन्द रञ्जितले पनि प्रहरीको व्यवहार सुधार हुँदै गएको बताए । वेला–वेलामा प्रहरीबाट दु:ख पाएको र कहिले सहयोग पनि पाएको उनले सुनाए । उपत्यका सांसद मञ्चका अध्यक्ष रहेका कांग्रेस सांसद नवीन्द्रराज जोशीले देशको अनुहार प्रहरी भएको बताउँदै प्रहरीको कामले समग्र राज्यकै प्रतिनिधित्व गर्ने बताए । प्रहरी नेतृत्वले तल्लो तहसम्म आफूहरू राष्ट्रसेवक हौँ भन्ने भावना जगाउनुपर्छ र त्यसलाई स्थापित गर्नुपर्छ ।’
मेगा बैंकका सिइओ अनिल साहले प्रहरी सडकमा देखेपछि आफूलाई राज्यको अनुभूति हुने बताए । प्रहरीका राम्रा कामले जनताको विश्वास बढ्दै गएको उनको भनाइ थियो ।enayapatrika बाट साभार

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१