अष्ट्रेलियाबिरुद्धको चौथो वान डे क्रिकेटमा पनि भारत २५ रनले पराजित भएको छ। ३ सय ४९ रनको लक्ष्य पछ्याएको पाहुना टोली भारत ४९ दशमलव २ ओभरमा ३ सय २३ रनमा समेटिएको थियो। आजको पराजयसँगै ५ खेलको सिरिजमा अष्ट्रेलियाले ४–० ले अगाडि छ।
भारतका लागि रोहित शर्मा, शिखर धवन र विराट कोहलीले बिष्फोटक सुरुवात गरेका थिए। ३७ ओभरमा २ विकेट गुमाएर २ सय ७७ रन जोडेको भारत थप ४६ रन जोड्दा बाँकी ८ विकेट गुमायो। दोस्रो विकेटकालागि विराट कोहली र शिखर धवनले २ सय १२ रनको साझेदारी गरेपनि भारतलाई हारबाट बचाउन सकेनन्। धवनले विस्फोटब ब्याटिङ गर्दै ११३ बलमा १ सय २६ रन बनाएका थिए। यस्तै कोहलीले ९२ बलमा १ सय ६ रन जोडे।
उच्च फर्ममा रहेका ओपनर रोहित शर्मा २५ बल खेल्दै ४१ रन जोडे। अष्ट्रेलियाका लागि कान रिचार्डसनले ५, जोन हेस्टिङ्स र मिचेल मार्सले २-२ विकेट लिए। नाथन लियोनले एक विकेट लिएका थिए। कप्तान स्टेफन स्मिथ ५१, ग्लेन म्याक्सवेल ४१, मिचेल मार्स ३३ र जर्ज बेली १० रनमा आउट भए । भारतका लागि इशान्त शर्माले ४ तथा उमेश यादवले ३ विकेट लिए। पाँचौ तथा अन्तिम वन डे आगामी शनिवार सिड्नीमा हुनेछ।
प्रतिक्रिया