सन्नीसँग यस्तो अन्तरवार्ता लिएकोमा रिसायो बलिउड (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ माघ २०७२, बिहीबार ०७:३५

पोर्न दुनियाँबाट ‘बोग बोस’ हुँदै बलिउडमा स्थापित सन्नी लियोनीले बलिउडमा के गरिन भन्ने चर्चा भन्दा बढि उनी के थिइन् भन्ने भूतकालका कुरालाई लिएर भारतीय मिडिया धेरै समात्ने गर्छ। मिडियामा ती कुरालाई नै उछाल्ने गरेको छ। हालै प्रसारित सन्नीको एक अन्तरवार्तामा पनि सन्नीमाथी उनका विगतका कुरालाई नै मसलाका रुपमा देखाइयो। सो अन्तरवार्ताले ‘काउन्टर’ छलपफल र विवादलाई बढाएको छ। अन्तरवार्ताकारमाथी ‘स्टल सेम’ गर्न उद्धत भनेर आलोचना गरिएको छ।
अन्तरवार्ताकार भूपेन्द्र चौबेले चर्को आलोचना पश्चात सोका बारेमा एक खुल्ला पत्र नै लेखेर आफ्नो बचाउ गरे। घटनाक्रमको विकाश यसरी भयो:
आफ्नो आगामी रिलिज फिल्म ‘मस्तीजादे’को प्रचारप्रसारमा व्यस्त रहेकी सन्नी लियोनीसँग एक भारतीय टेलिभिजनलौ लिएको अन्तरवार्तामा सन्नीलाई चाहिने भन्दा भद्दा प्रश्न सोधिएको भन्दै बलिउडकर्मीले सन्नीको समर्थन गर्दै टेलीभिजनका अन्तरवार्ताकार भूपेन्द्र चौबेको आलोचना गरेका छन्। साथै उनीहरुले सन्नीले डटेर दिएको जवाफको तारिफ पनि गरे।
सन्नीलाई सो अन्तरवार्तामा यस्ता प्रश्नहरु गरिएको थियो:
प्रश्न: तपाईको पोर्न छविका कारण आमिर खान जस्ता ठूला स्टार तपाईसँग काम गर्न चाहँदैनन्। के तपाई आफ्नो यस्तो छविलाई लिएर बेखुशी हुनुहुन्छ?
मेरो विगतको छविका कारण उनी मसँग काम गर्न चाँहदैनन् होला तर मलाई यो कुराले कुनै अप्ठ्यारो पार्दैनन्। म आमिरकी फ्यान हुँ। म उनका फिल्म हेरिरहेकी छु। म वास्तविक्तामा विश्वास गर्छु। यहाँ आएपछी मेरा केहि सपनाहरु अवश्य छन्। आज नभए पनि भोली कुनै ठूला स्टारसँग काम गर्ने मौका मैले पाउनेछु।
प्रश्न: विगतमा गरिएको कुनै गल्तीलाई तपाई मेटाउन चाहनुहुन्छ?(उनको संकेत पोर्नतर्फ थियो)
अँह। मैले जे गरे १००% त्यही गर्ने थिएँ। मलाई कुनै कुराको पछुतो छैन्। मैले जीन्दगीमा जे गरे आज त्यसैको कारणले आज यो सिटमा बसेकी छु।
प्रश्न: भारतीय गृहिणीहरु तपाईको लोकप्रियतालाई लिएर डराएका छन्। तपाईलाई लिएर उनीहरूमा गलत धारणाहरु रहेका छन्। तपाईकै कारण उनीहरु आफ्नो पतिलाई लिएर अहज छन्?
भारतीय महिलाहरुले मसँग डराउनुपर्ने कुनै कारण छैन्। म कसैको पति खोस्न आएकी हैन्। मसँग मेरा आफ्नै श्रीमान छन्। उनी हट, प्रतिभावान र सेक्सी छन्। सरी लेडिज मलाई तपाईहरुको पतिमा कुनै रूचु छैन्।
https://youtu.be/H9ItfXkCgTQ

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१