अचम्मको बाँदर! जसलाई हत्केलामानै अटाउन सकिन्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ माघ २०७२, बुधबार १८:०५

बाँदरपनी थरि-थरिका हुछन ।  ब्राजिल, पेरु, कोलम्बियाका जंगलमा बढी पाइने बाँदर जसको वयस्क हुँदाको उचाइ १२ इन्चमात्र हुन्छ । यसको पुच्छर भने शरिरभन्दा लामो हुन्छ । झण्डै १४ इन्च लामो पुच्छर हुने यो बाँदरको औसत आयु भने १५ वर्ष छ ।औंलामै अटाउने भएकोले यसको नाम औंले बाँदर पनि हो । अंगे्रजीमा फिङ्गर मंकी । विश्वकै सर्वाधिक सानो यो बाँदरलाई कसै-कसैले गोजी बाँदर (पकेट मंकी), फुच्चे सिंह (टाइनी लायन) जस्ता नाम पनि दिने गर्दछन् ।
तपाईलाई रहर लागे किनेर पाल्न पनि सक्नुहुन्छ, तर दाम भने महुँगो पर्छ । करिब अढाइ लाख नेपाली रुपैंयाँ -दुई हजारदेखि तीन हजार डलरसम्म) खर्च गर्नुभयो भने यो बाँदर घरमा ल्याउन सक्नुहुन्छ ।

यी बाँदरको आकृति निकै सुन्दर छ । शारीरिक हाऊभाऊ पनि आकर्षक हुन्छ । साह्रै मज्जाले खेल्ने, नाच्ने गर्दछन् यिनी । तर रिसाउँदा खेरि टोक्ने गर्दछन्, तथापि, मानिसको लागि कमै विषालु हुन्छ यिनको टोकाइ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २९, २०८१