नायक राजलाई अपहरणको आरोप लगाउने सिलवाल आफै जेल चलान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ माघ २०७२, बुधबार ०७:२४

12575744_987012341370350_288700899_n सन्तोषी अधिकारी ।  ब्यापारिक रुपले सफल मानिएको दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चपली हाईट’का नायक राज घिमिरेलाई अपहरण र कुटपिटको आरोप लगाएर थुनामा पार्ने ललितपुर गोदावारीका कुमार सिलवाल आफै खोरमा परेका छन् । सिलवालले नायक राजलाई फर्जि चेक दिएको आरोपमा प्रहरीले सिलवाललाई गिरफ्तार गरेको छ । लेनदेनको विषयलाई लिएर ललितपुर गोदावारीका कुमार सिलवालले अपहरण गरेको झुटो आरोप लगाई प्रहरीमा पुस २ गते उजुरी दिएका थिए । उजुरी दिने वित्तिकै प्रहरी समक्ष घिमिरे आफै उपस्थित भएका थिए । तर त्यसको ९ दिनमैै नायक घिमिरेले आफु निर्दोष रहेको सावित गरे भने उनलाई आरोप लगाउने सिलवाल आफै खोरमा परे । सिलवालले घिमिरेले घरबाटै आफुलाई अपहरण गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी दिएका थिए । नायक घिमिरेले सुरुमा नजिकैको होटल छहारी र त्यसपछि जंगलमा लगेर पनि कुटपिट गरेको सिलवालले झुटो उजुरी दिएका थिए । श्रीमतीको किडनी फेल भयो र घरजग्गा लीलामीबाट बचाउन सहयोग पाउ भन्दै मसँग उसले साढे तीन लाख रुपियाँ लिएको थियो, मलाई उसले कृषि विकास बैंकको बाउन्स चेक दियो’ घिमिरेले भने, ‘मलाइ ढाँट्दै र बाउन्स चेक दिएर हैरान पारेपछि एउटा कफीसपमा बोलाएर सम्झाएको मात्र हुँ तर उसले अपहरण गरेको भन्ने जाहेरी दिएर मलाई उल्टै ९ दिन थुनायो । प्रहरी चौकीबाट फोन आउने वित्तिकै आफै चौकी पुगेपनि तर बाहिर सन्चार माध्यममा गोदावरी घरबाट पक्राउ परेको झुटो समाचार प्रशारण भएको उनि बताउँछन् । नायक घिमिरे घटनाको वास्तविकता अर्कै भएको बताउँछन् । 12540432_987012721370312_998100965_n“कुमार सिलवाल मेरो आफ्नै मामाको मामाका भतिज हो । भुकम्प पिडितका लागि उठेको रकम र गोदावरीस्थित बाह्बर्षे मेलाका लागि उठेको रकम ६५ लाख रुपैया घिमिरेका मामा तथा सिलवालले हिनामिना गर्न खोजेको र आफुलाई पनि मामा र सिलवालले ७ लाख रुपैया लिन आग्रह गर्दा आफुले नमान्दा देखि नै सिलवालसंग रिसिबी बढेको हो । ” घिमिरेले बताए । त्यहि अनुसार सिलवाललाई नायक घिमिरेले जग्गा बैनाको लागि साँढे ३ लाख रुपैया सापटी पनि दिए । सोहि पैसा आफुले मागेको तर सिलवालले बारम्बार बाउन्स चेक दिएको र उल्टो आफुलाई कुटपिटको आरोप लगाएर प्रहरीमा उजुरी दिएको घिमिरेको भनाई छ । राजनीतिक पार्टीका नेताहरुसंग नजिक रहेका सिलवालले गल्ती विना पहँुचका आधारमा मात्रै पक्राउ गर्न लागाएको राजले बताए । त्यस लगत्तै अदालतमा बयान दिने क्रममा आफु निर्दोष रहेको उनले सावित गरिसकेपछि उनि हिरासतबाट निस्किए । निस्किए लगत्तै घिमिरेको पैसा फिर्ता दिने प्रहरी समक्ष बयान दिएका सिलवालले चेक त दिए तर त्यसमा पैसा नभएको खाली चेक दिएकाले पुन सिलवाल विरुद्ध नायक घिमिरेले मुद्दा हाले र जिते पनि । अदालतले कुमार सिलवाललाई दोषी ठहर गरि जेल चलान गरेको छ । सिलवाल अहिले प्रहरी वृत्त जाउलाखेलमा रहेका छन् । 12583765_987012574703660_201938472_nगोदावरीका स्थानीय वासिन्दा रहेका घिमिरे भूकम्पपिडितहरुको सहयोगका लागि सक्रियतापूर्वक खटिएका थिए भने गोदावरी मेलाको व्यवस्थापनमा पनि खटेका थिए । कलाकारीताका साथै समाजसेवामा आबद्ध घिमिरेलाई यसअघि पनि चपली हाइटकी नायीका बिनिता बराल काण्डले फसाउन खोजेको थियो तर फिल्मी शैलीमा नायक झै उनि झुटा मुद्दाबाट बच्न सफल भएका थिए । चपली हाईटकी नायीका बराल र मोडल दिक्पाल कार्र्कीले फेसबुक एकाउण्ट मार्फत आफ्नो बेईज्जती गरेको नायक घिमिरेले दावी सहितको उजुरी हालेका थिए त्यसपछि दिक्पाल कार्कीलाई प्रहरीले हिरासतमा लिएको थियो ।

प्रतिक्रिया