गत बैशाख १२ गतेको विनासकारी भूकम्पबाट अहिलेसम्म कष्टकर जिबन बिताउन बाध्य नुवाकोटका छाप गाउँका सर्बसाधारणहरुको सहजताका लागि मानवताका पाइला नामक अभियानले यहि माघ १७ गते नेपालकै चर्चित गायिका मिलन अमात्य अनि नेपाली तारा प्रताप लामाको सांगीतिक साँझ दरबारमार्गस्थित नर्लिंग गज़लमा गर्ने भएको छ | सडकको विकटताका कारण अफ्ट्यारो संग संघर्ष गरिरहेका छाप गाउँबासीको जिबनयापन केहि मात्रामा भएपनि सरल बनाउनका लागि सांगीतिक कार्यक्रमको आयोजना गरिएको अभियानका संयोजक नबिन कोइरालाले बताउनु भएको छ | भूकम्प लगत्तैपनि उक्त गाउँमा राहत सहयोग पुर्याएको यो अभियानले कसैको नजर नपरेकाले पनि अभावको जिन्दगि बाचिरहेका सर्बसाधारणहरुको सहयोगका लागि सबैलाई अनुरोध समेत गरेको छ |
सहयोगका लागि सम्पर्क – नबिन कोइराला ( ९८५१२०२२६५ )
प्रतिक्रिया