दुनियाकी खतरनाक महिला, जसले हरेक हप्ता पिउँछिन् ब्वायफ्रेण्डको रगत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ माघ २०७२, मंगलवार १८:४८

boiएजेन्सी । सुन्दैमा डरलाग्दो । यो दुनियामा यस्ता महिलाहरु पनि हुन्छन् जसले आफ्नो पार्टनरको जिउबाट हरेक हप्ता रगत पिउने गर्दछन् ।

कुनै कथा तथा फिल्ममा सुने देखेजस्तै वास्तविक भ्याम्पाएर यी महिलाको नाम हो जर्जिना क्यान्डन । अस्ट्रेलियाको क्विन्सल्याण्डमा बस्ने क्यान्डनको उमेर ३८ वर्षको छ । आफुले हरेक हप्ता आफ्ना ब्वायफ्रेण्डको रगत पिउने गरेको उनी सगर्व बताउँछिन् ।

यसो गर्दा उनलाई आनन्द आउँछ अरे । मान्छेको रगत चुस्ने राक्षस अर्थात् भ्याम्पाएर जस्तै मुखाकृति बनाउने क्यान्डलले डरलाग्दो देखिनका लागि तिखा तथा चुच्चा दाँत पनि लगाएकी छिन् ।

टि्वलाइट, ट्रू ब्लड तथा भ्याम्पाएर डायरी जस्ता कैयौँ फिल्म तथा टेलिभिजन शो हेरेपछि आफुलाई रगत पिउने इच्छा जागेको उनको भनाइ छ ।

पहिलो चोटी उनले १२ वर्षकी हुँदा मान्छेको रगत पिएकी थिइन् । उनी १७ वर्षकी हुँदा यस्ती युवतीसँग भेट भयो जसले उनलाई कैयौँ दिनसम्म आफ्नो रगत पिलाइन् । त्यसपछि आफ्नो जिवनलाई आफुलाई रगत पिलाउनका लागि कैयौँ मानिसहरु आएको उनी बताउँछिन् ।

ब्रिसबेनमा हुने ब्लडलस्ट बल इभेन्टमा आफुजस्तै रगत पिउने धेरै मानिसहरु आउने उनी बताउँछिन् । त्यसक्रममा उनको चिनजान जमाइल नामका युवा सँग भयो ।

जमाइललाई सुइ तथा चक्कुसँग डर लाग्थ्यो । तर जब उनले जमाइलसँग रगत पिउने प्रस्ताव राखिन् तब जमाइल तयार भए । पछिल्लो २ वर्षदेखि उनीहरु सँगै बस्दै आएका छन् र हरेक हप्ता जमाइलले जर्जिनालाई आफ्नो रगत पिलाउँछन् ।

मानिसको रगत पिउने भएपनि जर्जिनालाई रक्तअल्पता रोग छ । त्यस्तै थालासिमिया, सोलर डर्माटाइटिस पनि छ जसका कारण घाममा निस्किँदा उनको छालामा फोका उठ्छ । उनी घामदेखि डराउँछिन् र धेरै समय घरभित्रै बस्दछिन् ।

हुनत जर्जिना मात्र यस्ती एक्ली व्यक्ति होइनन् जसले मानिसको रगत पिउँछन् । अमेरिकाका माइकल व्याचमाइलले पनि आफ्नी गर्लफ्रेण्डको रगत नियमित रुपमा पिउँदै आएका छन् ।

त्यस्तै बेलायतका प्रेमजोडी बेनिनगफ र अरो ड्रवेनले पनि एकअर्काको रगत पिउँदै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१