रेखा थापाको नक्कल गर्दा सुभेच्छा थापा परिन् फन्दामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ माघ २०७२, मंगलवार ०८:११

सुभेच्छा थापाकाठमाडौं । रेखा थापाले केही वर्षअघि हिन्दु धर्मावलम्वीहरुको अपमान हुने गरी भगवानको नाम लिखित पछ्यौराको दुरुपयोग गरेको भन्दै थुप्रै हिन्दु धर्मावलम्वीहरु आन्दोलति बनेका थिए । धार्मिक संगठनहरुले रेखा मात्रै नभएर चलचित्रकर्मीहरुकै बिरोध गरेका थिए ।     धार्मिक आस्थामाथि आंच आउने गरी मोडेल तथा नायिकाहरुले पटक पटक यस्तो गर्दैआएका छन् । हालै एक नायिका सुभेच्छा थापाले पनि रेखाकै शैलीमा बौद्ध धर्मावलम्वीहरुको आस्थामा अपमान हुने गरी उनीहरुले प्रयोग गर्ने गरेको खादाको दुरुपयोग गरिन् ।   बौद्ध धर्मावलम्वीहरुले प्रयोग गर्ने खादाले स्तन छोपेर फोटोसूट गरेपछि थापा बिरुद्ध नेपाल चलचित्र कलाकार संघले ६ महिनाको लागि संघको सदस्यबाट निलम्बनको कारबाही गरेको छ। बौद्ध धर्मावलम्बीहरुको बिरोधपछि शनिबार संघले शुभेच्छालाई निल्म्बन गर्ने निर्णेय गरेको हो।   ६ महिनामा अभिनेत्री थापाले आफूलाई सुधार गरेको खण्डमा कारबाही स्वत फुकुवा हुने तर यस्तै गतिविधि गरेर अन्य समुदाय, वर्ग, धर्म र समुदायको भावनामा ठेस पुर्याउने काम गरेमा कडा कारवाही गर्ने संघले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१