के तपाईको फेसबुक सुरक्षित छ ? सुरक्षाकालागि अपनाउनुस् यी पाँच तरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ माघ २०७२, मंगलवार ०७:४०

fbएजेन्सी । फेसबुक यस्तो सामाजिक सञ्जाल बनेको छ जहाँ नजोडी आजको मानिस अब अधुरो मानिस हुने भएको छ । तर त्यही फेसबुकको सही सुरक्षा गर्न सकिएन भने चरित्र हत्या गर्ने देखि जीवननै बर्वात पार्नेसम्मका घटनाहरु हुने गरेको हामीले सुनेका छौं । फेसबुकमै त्यस्ता अप्सनहरु हुन्छन् जस्लाई हामीले सही तरिकाले प्रयोग गरौं भने हामी सुरक्षित हुन सक्छौं । तपाईले निम्न पाँच तरिका अपनाउनु भयो भने आफ्नो फेसबुकलाई सदा सुरक्षित राख्न सक्नुहुन्छ ।

१. सबैभन्दा पहिला फेसबुकको अलआउट गर्ने ठाउँमा गएर See More Settings मा क्लिक गर्नुहोस् । तपाईले त्यहाँ Privacy Settings and Tools भन्ने अप्सन देख्न सक्नुहुन्छ । यसको सेटिङलाई परिवर्तन गरि तपाई आफ्नो प्रोफाइललाई सुरक्षित राख्ने अप्सनहरु देख्न सक्नु हुनेछ । त्यसका लागि तपाईले  Who can see my future posts मा क्लिक गर्नुहोस् । त्यसपछि तपाईले   Only Me मा क्लिक गर्नुहोस् ।

२. त्यसपछि तपाईले राखेको हरेक सामाग्रीलाई तपाईले जे चाहानु भएको त्यहि गर्न सक्नु हुन्छ । तपाईले पोस्ट गर्नु भएको समाग्री साथीले मात्रै हेर्न मिल्ने की आम मानिसले हेर्न मिल्ने की ? सबै तपाईले मिलाउन सक्नुहुन्छ । यदि तपाई साथीलाई मात्रै देखाउन चाहानुहुन्छ Friends मा क्लिक गर्नुहोस् तथा सबैजनालाई देखाउन चाहानुहुन्छ भने Everybody Friends मा क्लिक गर्नुहोस् ।

३. हामी कहिले काँही साइबर वा कतै बसेर फेसबुक हेर्छौ अनि लगआउट गर्न विर्सन्छौं त्यस्तो अवस्थामा दुरुपयोगको अधिक सम्भावना हुन्छ । त्यसका लागि हामीले फेसबसको सेटिङमा end activity भन्ने अप्सनमा क्लिक गरिराख्यौं भने यो समस्या समधान हुनेछ ।

४. त्यस्तै फेसबुकमा अर्को समस्या भनेको हाम्रो फेसबुकमा अरु कसैले पासवर्ड पत्ता लगाउने विभिन्न तरिका प्रयोग गरेर दुरुपयोग गर्ने । यसको लागि तपाईले फेसबुक सेटिङमा केही अप्सन मात्र मिलाउनु भयो भने तपाईको इमेलमा म्यासेज आउछ र तपाईको फेसबुक ह्याक हुन वा दुरुपयोग हुनबाट बच्छ ।

त्यसका लागि तपाई Settings मा जानुहोस् त्यसपछि Security Settings मा गएर Login Alerts  मा गई बैकल्पिक अप्सनमा कुनै Email address र get notification मा क्लिक गर्नुहोस् । ताकी तपाईको फेसबुक कसैले चोरी गर्ने प्रयास नगरोस् ।

५. त्यस्तै तपाईको फेसबुक सुरक्षित गर्नका लागि तपाईले सिक्युरिटी कोड सधैं एक्टिव राख्नुपर्छ । Settings > Security Settings > Code Generator
माथिका यी प्रकृयाहरु अपनाएर तपाईले आफ्नो फेसबुकको सुरक्षा गर्न सक्नुहन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१