११ बर्षीय नेपालकी छोरी टेरिया फौजा मगर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७१, मंगलवार ०७:२५

उमाकान्त पाण्डे/दुबइ, ३ असार।    रोजीरोटीका लागि २६ महिना अघि यूएईको सारजाहमा आउनु भएका रुपन्देहीको सुनगाभा चोक रुद्रपुरका विजय फौजा मगरको यती बेला खुशीको सिमा छैन ।       terisa1                    केही न केही समस्यामा परेर सधैं पिडामा परेका नेपालीहरु मात्र भेटिने मुलुकमा खुशीले बिजयका आँखाभरी आसु बनाउन लागेको करीब ४ महिना बढी भयो ।  हुन त बिजय फौजा मगर लाई लाई न कुनै लट्री नै परेको हो न त कुनै आकाश बाणी न कम्पनीले उहालाई ठुलै बोनस दिएको हो, न कुनै रुपमा उहा पुरस्कृत नै भएर खुशी खुशी † कारण्ँ आङ्खनो परिवारको एक सदस्य मध्ये बाट परिवारको मात्रै नभएर आङ्खनो मुलुकको नाम चर्चाउन सक्ने भएकोले उहाका आँखा ओभाउन पाएका छैनन ।            terisa                       सधैं “कटलेरी” अर्थात रेस्टुरेन्टको टेबल सेटिङ मिलाउने र काटा चम्चा – प्लेट चलाउने बिजय फौजा मगरलाई खुशीका आशुको स्रोत बनेकी छन ११ बर्षीय उनकी छोरी टेरिया फौजा मगर । ज्यान सारजाहको “चिनचिन” नामक चाइनीज रेस्टुरेन्टमा भएपनि उहाको मन भारतमा चलिरहेको नृत्य प्रतियोगिता संगै नाचिरहेको छ । गएको डिसेम्बर महिनाको अन्तिम हप्ता तिर डिआइडी लिटिल मास्टर्समा छोरीलाई लैजान पर्छ कि बुढा भनेर श्रीमती अनिताले फोन गर्नु भयो । त्यो सम्झिदै उहा भन्नुहुन्छ “एक पटक बुझ्न लगाउ” मैले यत्ती भने । बुझ्दा सुरुमा थाहा भो “सहभागीता गराउन धेरै खचिर्नु पर्ने रहेछ” बुढा धेरै खर्च लाग्दो रहेछ नसकिने भो के गर्ने ? श्रीमती अनिताले भनेको अझै उहा सम्झिनु हुन्छ । जे जती लाग्छ म गर्छु बरु म अरु दुई बर्ष आउदिन छोरीलाई जसरी हुन्छ प्रतियोगितामा सहभागी गराउ मैले भने बिजय भन्नु हुन्छ । यूएईको सारजाहमा रहेको कम्पनीले दिदै आएको आवास गृहमा बस्ने उहाको कोठामा टिभी च्यानल हेर्ने सुविधा छैन । छोरी टेरियाको नृत्यले यती ठुलो रुप लिन सक्ला भनेर उहाले कल्पना समेत गर्नु भएको थिएन । छोरीको नृत्य संगै देखिने श्रीमती अनिता फौजा मगरलाई उहा दैनिक घण्टौ इन्टरनेट मार्फत हेर्नुहुन्छ । धेरै नेपालीलाई टेरियाका बुवा दुबइमा कार्यरत हुनुहुन्छ भनेर थाहा थिएन । एक दिन अचानक डिआइडी लिटिल मास्टर्समा तपाईंको भिडियो चाहियो भन्दै डिआइडी बाट बिजयलाई फोन आयो । के कसरी पठाउने ? उहा अलमल पर्नु भयो । डिआइडीकै सल्लाह अनुसार करीब ५ सय यूएई धिराम्श जती खचिर्एर एउटा साइबर दोकानमा गएर भिडियो फाइल बनाएर ईमेल गरे – सोही हप्ताको कार्यक्रममा मेरो भिडियो समेत प्रशारण भयो । मलाई चिन्ने जतीले यूएईमा सम्झिन थाल्नु भयो । फर्केर जान धेरैले आग्रह गर्नु पनि भयो । तर भने जस्तो सजिलो कहाँ हुन्थ्यो र ? बाबा म तपाईंलाई धेरै सम्झिएकी छु, छिट्टै आउनुस न म नाचेको हेर्न, हजुर आउनु भए मैले झन बढी राम्रो नाच्न सक्छु टेरियाले भनेको वाक्य सम्झिदै बिजय धरधरी रुनु भयो । कार्यक्रममा उहा बाबु छोरीको भिडियो प्रसारण्ँ भएको दुई हप्ता पछि टेरिया नेपाल पुगिन । त्यती बेला भारत फकिर्नु अघी मात्र बिमानस्थलमा फोन संपर्क भएको हो त्यस पछि ब्यस्त छिन । फोन गर्यौ कि आउनुस् भनेर छोरी रुन लाग्छीन , छोरीको खुशीका लागि १ हप्ते अर्जेण्ट बिदा लिएर जुन २१ मा हुने ग्राण्ड फाइनलमा सहभागी हुन बिजय यसै हप्ता मुम्बई जादै हुनुहुन्छ । छिमेकी मुलुक भारतको जी टीभीको रियालिटी सो डिआइडी लिटिल मास्टर्समा नेपाली छोरी टेरिया फौजा मगरको सहभागिता र उनको राम्रो प्रदशनले विश्वभर छरिएर रहेका नेपालीलाई उल्लास थपेको छ । त्यसैमा पनि उनको नृत्यको निर्णायक मण्डलबाट मात्र होइन दर्शकले समेत टेरियालाई हाइहाइ गर्दै उच्च प्रशंशा गरेका छन । भोटिङग लिस्टमा सधैं नम्बर एक बनाउन नेपालीहरु लागि परेका छन । अहिले टेरिया डिआइडी लिटिल मास्टर्सको फाइनलमा पुगेकी छन् । हामी पनि केही गाउंघरे कार्यक्रममा नाच्ने गथ्र्यौ, बाबु आमाको गुण्ँ तेब्बर भएर छोरी टेरियामा सरेको छ है,गाउंघरका बुढापाका हरुले भन्ने गरेको बिजय फौजा मगर अझै पनि सम्झिनु हुन्छ । उहाभन्नु हुन्छ “२ देखी ३ बर्षको हुँदा रेडियो टिभीहरुमा गीत बज्दा टेरिया नाच्न थाल्थी, ५ बर्षकी हुँदा उसको नाच्ने बानी बिकास होस् भनेर बुटवलमा रहेको बागेस्वरी संगितालयमा भर्ना गरेका हौ”। “छोरी टेरियाको बारे देश बिदेशमा रहेका नेपालीले गरेको चर्चा देखेर उहा धेरै खुशी हुनुहुन्छ, यस्तै माया दिनु भए पक्कै बिजयी बन्छ टेरिया” उँहा भन्नुहुन्छ । टेरियालाई बिजयी बनाउन बुटवल तथा यूएई र अन्य स्थानमा रहेका नेपालीले क्याम्पियन समेत गरेर अभियान थालेका छन । उनलाई यस् हप्ता भरी भोट् दिन सकिन्छ । भोटका लागि टेरिया र उनको परिवारले सबैमा अपिल समेत गरेको छ ।

प्रतिक्रिया