व्यवसायिक पर्यटन प्रवद्र्धनमा नै पर्यटन व्यवसायी र पर्यटन क्षेत्रको भविष्य सुनिश्चित : मिहिका ध्वाख्वा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ माघ २०७२, आईतवार ०९:३३

d12नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् नाट्टा अध्यक्षका प्रत्यासी उमेद्वार व्वयसायिक पर्यटन विकास प्रवद्र्धनको आन्तरिक पर्यटनसँगै र वाह्य पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिने योजना सहित पर्यटन व्यवसायीक हितमा लागि काम गर्ने प्रतिबद्धताका साथ मिहिका ध्वाख्खा समूहको एजेण्डा भुकम्प र भारतको अघोषित नाकाबन्दीले सुस्ताएको नेपाल पर्यटन व्यवसाय नाट्टाको निर्वाचन माहोलले काठमाडौ र पर्यटकीय ठमेल यतिखेर तातेको छ । पर्यटन व्यवसायीहरु नाट्टाको सक्षम नेतृत्वका लागि नाट्टाको निर्वाचनमा होमिएका छन् । राजनीतिक अस्थीरताले घाँटी थिचेको नेपालको पर्यटन व्यवसायलाई माथि उठाउने आ आफ्नै तर्क गरेर यतिबेला नाट्टामा ३ प्यानल निर्वाचनको मैदानमा उत्रेका छन् । ५२ वर्षको इतिहास बोकेको पर्यटन व्यवसायीको संस्था नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् नाट्टा लाई पर्यटन विकास र प्रवद्र्धनका लागि पर्यटन व्यवसायीको हक अधिकार सुनिश्चित गर्दै नीतिगत तहमा पर्यटन व्यवसायीको आवाज बुलन्द गर्ने काममा हामी लाग्नेछौं । नाट्टा अध्यक्षको प्रत्यासी उमेद्वार मिहिका ध्वाख्वाले बताइन् । आइडिया क्रियट गर्ने सक्ने बौद्धिक वर्गको नेतृत्व नाट्टाका लागि आवश्यक छ र महिला भएर पनि २ दशकदेखि पर्यटन व्यवसायक टाभल टुरिजम व्यवसायको क्षेत्रबाट वर्तमान नाट्टाका महासचीव पदमा रहेर काम गरिसकेको अबको नेतृत्वदायी भूमिकाका लागि मैले त्यति ठूलो चुनौती ठानेको छैन, चुनौतीबीच पर्यटन व्यवसायीहरुलाई पर्यटन व्यवसायमा प्रतिस्पर्धा गर्नका लागि सक्षम बनाउने योजना मैले अगाडी ल्याएको छु र पर्यटन व्यवसायीको सहयोग साथले नै मैले नेतृत्व लागि अगाडी बढेको हु मिहिकाले भनिन् । विशुद्ध राजनीतिक क्षेत्रको रुपमा पर्यटन व्यवसायलाई अगाडी बढाउने प्रतिबद्धता मिहिकाले गर्नुभएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनकासाथै छिमेकी मुलुक चीन र भारतको पर्यटक नेपाल भित्र्याउने भिजन, सोसल मिडियामार्फत पर्यटनको प्रवद्र्धन विश्वव्यापी गराउने नाट्टाको नीति र साना पर्यटन व्यवसायीलाई पनि सम्टदै समग्र पर्यटन व्यवसायीहरुको भ्वाइस नीति गत तहबाट पुर्याउने एजेण्डा सहित मिहिका ध्वाख्खा १५ जनाव्यवसायिक टीम स्पीरिटमा अगाडी बढेकी छिन् । नाट्टाको नेतृत्व व्यवसायी टिमले मात्र सम्भव छ त्यसका लागि मिहिका ध्वाख्वा टीमले समग्र पर्यटन क्षेत्रको विकास प्रवद्र्धनलाई समेट्न सक्ने क्षमता भएकोले आफू सो टीमको महासचीवको प्रत्यासी उमेद्वार भएर निर्वाचनको मैदानमा आएको ठाकुर प्रसाद ढुंगानाले बताए । स्वतन्त्र तर व्यवसायिक टीम अबको नाट्टामा आवश्यक छ सोही टिमले नै पर्यटन व्यवसायी हक अधिकार र लगानीको सुरक्षा र ग्यारेन्टी गर्न नीतिगत तहमा सक्षम हुने भएकोले व्यवसायिक पर्यटन सञ्चालनको आधार नै पर्यटन प्रवद्र्धन भएकोले समग्र पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा मेरो भूमिका डेड दशकदेखिको पर्यटनको व्यवसायिक अनुभव भएकोले पर्यटन व्यवसायीहरुले बुझेर मिहिका ध्वाख्वा टीम सहित आफूलाई महासचीवमा जिताउन अपिल गर्नुभएको छ । अबको पर्यटन व्यवसाय प्रविधि र सोसल मिडिया प्रवद्र्धनमा जानु जरुरी छ त्यसका लागि हामीले सोस मिडिया प्रवद्र्धनलाई पहिलो प्राथमिकतामा राखेका छौं ठाकुर ढुंगानाले बताए । नाट्टामा समावेशी टीम स्पीरट आवश्यक छ । सामवेशी टीम स्पिरीटले नै नीजि पर्यटन व्यवसायीको हक अधिकार स्थापित मात्र गर्दैन, समग्र पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान पुर्याउनेछ, नाट्टाका शम्भुराज पाठक समूहका सह कोषाध्यक्ष विजय रिजालले भने । नाट्टा विशुद्ध पर्यटन व्यवसायीहरुको छाता संस्था भएकोले यसभित्र राजनीतिक प्रवृत्ति हुनुहुदैन भन्ने मान्यताको टीम शम्भुराज पाठकको नेतृत्वमा त्यो पनि समावेशी तवरले बनेको यो भन्दा ठूलो व्यवसायीक उदारता अन्त कता होला र? रिजाल बताउँछन्, हामी स्वतन्त्र छौ , हामी कुनै राजनीतिक क्षेत्रबाट परिचालित छैनौ । व्यवसायीक टीम स्पिरीट हाम्रो समूहमा छ । राजनीतक झुण्डबाट पृथक समूहले नै विकासका लागि भूमिका निर्वाह गर्न सक्छ यो म्यासेज सबै पर्यटन व्यवसायीहरु सामु पुगोस् र निस्कलंक राजनीतिक उद्देश्य बोकेको टीमलाई नाट्टाको नेतृत्व दिन नभुल्नुहोस्, सीमित स्वार्थ र क्षणिक लाभ हेर्दा समग्र पर्यटन व्यवसायको विकास र प्रवद्र्धन गर्न सकिदैन । त्यसैले यसप्रति पर्यटन व्यवसायीहरु गम्भीर भई नाट्टामा सक्षम नेतृत्वको टीमलाई अगाडी ल्याउनु नै पर्यटन विकासको आधार खडा गर्नु हो । फुटेर होइन, जुटेर स्वतन्त्र पर्यटन व्यवसायिक हितका लागि परौ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१