काठमाडौं । नाट्टा निर्वाचनको मिति नजिकिदै जाँदा धेरै व्यवसायीहरुले काम गर्न सक्ने र मतदाताको मत माथि इमान्दारिता प्रस्तुत गर्न सक्ने व्यक्तिको खोजी गरेका छन् । यो बीचमा व्यवसायमा जमेका एक व्यक्तिको नाम चर्चामा छ, जो हो ठाकुर प्रसाद ढुंगाना ।
अवुधावी, युएइमा रहेको पहिलो नेपाली ट्राभल एजेन्सी ग्रीनलाइन ट्राभलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद ढुँगाना विभिन्न व्यवसायिक संघसंस्थाको प्रमुख नेतृत्वमा छन् । दक्षिण कोरियाको कियुङ विश्वविद्यालयबाट हस्पिटालिटी र टुरिज्म प्रमोशन तालिम लिएका उनले दक्षिण कोरियाबाटै नेतृत्व विकासको तालिम पनि लिएका छन् । ब्ल्याकयाक ह्युमन फाउन्डेसनको कोषाध्यक्ष समेत रहेका उनले सन् २०१४ मा प्रधानमन्त्रीबाट बेस्ट टुरिज्म अवार्ड पनि प्राप्त गरेका छन् । विभिन्न एयरलाइन्सबाट बेस्ट टिकेट एजेन्टका रुपमा सम्मानित ढुँगाना एबल नेपाल ट्राभल एन्ड टुर्स्का प्रबन्ध निर्देशक हुन् । पर्यटन क्षेत्रमा बहुआयामिक रुपमा सक्रिय जुझारु ढुङ्गाना महासचिवको रुपमा नाटामा सक्रिय हुँदा पर्यटन क्षेत्रमा यथेष्ट सकारात्मक परिवर्तन आउने आम पर्यटन व्यवसायीको विश्वास छ ।
महासचिवका उम्मेद्वार ढुङ्गानाले आफू राजनीति नभइ ट्राभल व्यवसायीको हकहीतका लागि काम गर्नको लागि नाट्टाको महासचिव जस्तो जिम्मेवार पदमा उम्मेद्वारी दिएको बताउँछन् । विशेषतः अन्तर्राष्ट्रिय बजारसँग राम्रो सम्बन्ध गाँस्न सफल रहेका ढुङ्गानाबाट नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय प्रबद्र्धनमा ठूलो आशा पनि गरिएको छ । ढुङ्गाना भन्छन्– ‘हामीले भूकम्प र नाकाबन्दीपछिको वर्तमान अवस्थामा सकारात्मक सन्देश विदेशमा छाड्नु छ र भारत/चीन सहितका देशबाट पर्यटक ल्याउनु छ ।’ यसका लागि आफूहरुको टिमले ठूलो भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता छ । यसका साथै ट्राभल व्यवसायीहरुको सुझाब, सल्लाह र समस्या समाधानमा आफूहरु सधैं प्रतिबद्ध रहेको उनको भनाइ छ ।
प्रतिक्रिया