नेपाली रंग तथा कला क्षेत्रका पाँच सुन्दरीहरुद्वारा सैलुन उद्घाटन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ माघ २०७२, आईतवार ०७:३९
oliराजधानीको सुन्धारास्थित सिटिसी मलमा नेपाली रंग तथा कला क्षेत्रका पाँच सुन्दरीले शनिवार सैलुन उद्धाटन गरे । अभिनेत्री करिश्मा मानन्धर, गायिका कोमल वली, हास्य अभिनेत्रीद्वय दीपाश्री निरौला र कुञ्जना घिमिरे तथा गायिका सविना कार्कीले रिबन काट्दै ‘ट्रेन्ड सेटर्स युनिसेक्स हेयर एन्ड ब्युटी स्टुडियो’ उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा अभिनेता भुवन केसी, निर्देशक दिनेश डिसी, हास्य अभिनेता निर्मल शर्मा, पत्रकार सुवास ढकाल, हास्य अभिनेता विल्सन विक्रम राई र गायकद्वय राजेशपायल राई र योगेश्वर अमात्यले केक काटेर सैलूनको औपचारिक सुरुवाति भएको जनाउ दिए ।
त्यस्तै, सैलुनको ब्रान्ड एम्बेसडर तोकिएकी अभिनेत्री प्रियंका कार्कीले समारोहबाटै शनिवारदेखि नै प्रारम्भ भएको स्मार्ट कार्डको समेत शुभारम्भ गरिन् । सैलुनले उनलाई २० हजार रुपैयाँ बराबरको स्मार्ट कार्डसमेत उपलब्ध गराएको छ । आफूले सैलुनबाट सेवा लिइसकेकाले सैलुनबाट अन्तर्राष्ट्रियस्तरको सुविधा पाउने उनले दाबी गरिन् ।
सैलुनमा हेयर कट, हेयर कलर, हेयर स्ट्रेट, हेयर ट्रिटमेन्ट, हेयर एक्सटेन्सन, फेसियल, म्यानिकेयर–पेडिकेयर लगायतका सौन्दर्यसम्बन्धि एक सय भन्दा बढि सेवा पाइने जनाइएको छ । उद्घाटन समारोहमा नेपाली फिल्म तथा संगीत क्षेत्र चर्चित अनुहारहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१