बन्द भएको डेढ बर्ष बितिसक्दा पनि संञ्चालनमा आएन अस्पताल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ माघ २०७२, आईतवार ०६:४०

2b55e7b1-c1b8-44ff-899e-f74d5e1de7e3सम्राट सिंह/बझाङ ।
जिल्लाको मटेला गाविसमा स्थापना भएको डोब्रा सामुदायिक अस्पताल बन्द भएको डेढ बर्ष बितिसक्दा समेत संञ्चालनमा आएको छैन ।
विदेशी दाताको सहयोगमा स्थापना भएको अस्पताल कर्मचारी अभावमा बन्द भएको हो । अस्पताल बन्द भए पछि छविस क्षेत्रका ८ गाविसका बासिन्दालाई सामान्य स्वास्थ्य उपचारको लागी पनि हजारौ खर्च गरेर सदरमुकाम धाउनु पर्ने बाध्यता छ ।
डोब्रा अस्पताल २०६६ सालमा जापानी राजदुतावासको ६१ लाख ५० हजार, विकास समितिको ३ लाख, ब्याँसी गाँउ विकास समितिको ७० हजार मटेला गाँउ र स्थानियको ५० लाख भन्दा बढी जनश्रमदान बाट निर्माण भएको थियो ।
लाखौ रकम खर्च गरेर निर्माण गरेको अस्पताल संञ्चालन नहुँदा भवनको संरचना तथा उपकरणहरु एक्सरे मेसिन, जेनेरेटर, बेड, टेबुल, कुर्षि र उपचारका औजारहरु खिया लाग्ने अवस्थामा छन भने बचेको औषधी पनि सडेको छ ।
अस्पताल संचालनमा आए पछि राष्ट्रिय योजना आयोगले हेल्थ असिस्टेन्ट ३ जना अनमि १ जना र २ जना अहेब पदका कर्मचारी खटाए पनि उनिहरुको अवधी सकिए पछी अरु कर्मचारी नआउँदा अस्पताल यो अवस्थामा पुगेको हो ।
आफुहरुले जिल्ला र केन्द्र स्तरमा अस्पताल संचालनका लागी पटक पटक पहल गरे पनि कतैवाट पहल नभएपछि अस्पताल बन्द भएको अस्पताल व्यवस्थापन समितिका सचिव खडक रावलले बताए । उनले भने अस्पताल संञ्चालनमा नआउँदा लाखौ मुल्यको संरचना तथा उपकरण समेत प्रयोग विहिन भएका छन ।
बन्द भएपछि अस्पतालका झ्याल,ढोकाहरु तोडफोड भएका छन । कोठा भित्रका फर्निचर र उपकरणहरु खिया लागेका छन । अस्पतालको आगनबाट भाडेवगर जयपृथ्वी नगर सडक खनेपछि अस्पतालका ४ वटा मध्य एउटा भवन चर्किएर भत्किन लागेको छ ।
व्यवस्थापन समितिका पदाधिकारीले सरोकारवालाको बेवास्ताले अस्पताल बन्द हुन पुगेको भनेतापनि स्थानियको भने व्यवस्थापन समितिको कमजोरीका कारण अस्पताल वन्द हुन पुगेको आरोप छ ।
फोटो क्याप्सन ः डेढ बर्षदेखि बन्द भएको मटेला गाविसमा अवस्थित डोब्रा अस्पताल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१