बरिष्ठ पत्रकार पन्त पुरस्कृत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ माघ २०७२, शनिबार २०:०५

tanka panta awardकाठमाडौ ।  बरिष्ठ पत्रकार टंक पन्तलाई शनिबार आयोजित एक बिशेष कार्यक्रमा गोबिन्द बियोगी बिशेष पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
सम्पादक समाजले आयोजना गरेको कार्यक्रममा गोबिन्द बियोगी ट्रष्टद्धारा स्थापित सो पुरस्कार सुचना तथा सचार मन्त्री शेरधन राइले हस्तान्तरण गरेका हुन ।
नगद राशी सहित दिइएको सम्मानपत्रमा दुई दशक भन्दा बढी ब्यबसायिक पत्रकारिताका लागि निरन्तर क्रियाशील भै राष्ट्रका लागि महत्पुर्ण योगदन पु¥याएको कारण पुरस्कुत गरिएको सम्पादक समाज र ट्रष्टले जनाएको छ ।
सम्पादक समाजका अध्यक्ष देबेन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा तरुण साप्ताहिकका सम्पादक परशु त्रिमिरेलाई गोबिन्द बियोगी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
ट्रष्ट स्थापनामा प्रमुख भुमिका निर्बाह गरेका गोबिन्द बियोगीका सुपुत्र किरण बैधकै सक्रियतामा मातृभुमि साप्ताहिकमा ०३१ देखि ०४१ सम्म प्रकाशित सम्पादकीय संग्रहको पनि मन्त्री राइले लोकार्पण गरेका छन ।
कार्यक्रममा सम्पादक समाजक सचिब पुरु रिसालले पुरस्कृत ब्याक्तित्व पन्तको सछिप्त जानकारी गराउदै भने – ०४८ साल देखि दैनिक समाजबाट पत्रकारिता प्रारंभ गर्नुभएका बरिष्ठ पत्रकार टंक पन्तले दैनिक समाजमा गर्दा गर्दै पछिल्लो समयमा मातृभुमि साप्ताहिक र प्रजातन्त्र साप्ताहिकमा पनि आबद्ध भएर काम गरे । ०५२ साल पुस २७ गतेबाट प्रकाशन प्रारभ भएको नेपाल समाचार दैनिकमा प्रकाशन हुनुभन्दा दुई दिन अघि अर्थात पुस २५ गतेबाट आबद्ध हुनुभएका पन्तले सो पत्रिकामा दुई दशक बढी बिताए । सहसम्पादक , प्रमुख समाचारदाता , डेस्क इञ्चार्ज , बरिष्ठ सहसम्पादक , समाचार सम्पादक हुदै सम्पादक समेतको जिम्मेबारी निर्बाह गरेका पन्तले रत्नराज्य क्याम्पसमा पढाईसगै पत्रकारिता प्रारभ गरेका थिए ।
नेपाल समाचारपत्र दैनिकको महत्वपुर्ण जिम्मेबारीमा हुदा हुदै पन्तले नेपाल टेलिभिजनको सचालक समितिको सदस्यका रुपमा तोकिएको समयअबधि भरि आपनो भुमिका निर्बाह पनि गरेका थिए टेलिभिजनमा रहंदा उनले निर्बाह गरेको रचनात्मक भुमिका प्रति टेलिभिजन परिबारले सधै सम्झने गरेको छ । त्यसैगरी सिटीजन एफएम रेडियोमा समेत बिहानीको बहस कार्यक्रम सचालन गरेका बरिष्ठ पत्रकार पन्तले २४ बर्षको पत्रकारिता बढी राजनीतिक बिषयमा गरेको देखिएपनि सामाजिक न्याय , लैगिक समानता र बिकासका लागि पनि उत्तिकै कलम चलाए भने महिला अधिकारका बिषयमा निरन्तर कलम चलाएको कारण पनि उनलाई कुनै कुनै महत्वपुर्ण समारोहमा महिला पत्रकार भन्ने पनि गर्छन । ।श्रीमती मीना शर्मा , छोरी इशिका पन्त र छोरा इशान पन्त रहेको सानो सुखी परिबारमा रहेका पन्तले केही समय यतादेखि चक्रपथ अनलाइन पत्रिकामा सल्लाहकार सम्पादकको रुपमा पनि भुमिका निभाइरहेको पनि कार्यक्रममा सचिब रिसालले जानकारी गराएका थिए ।
राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरबाट बिभिन्न पुरस्कार र सम्मान पाइसकेका बरिष्ठ पत्रकार पन्त गोबिन्द बियोगी पत्रकारिता पुरस्कार०७२बाट पनि सम्मानित भएकोमा सम्पादक समाजले बिशेष बधाइ ज्ञापन गर्दछ भनेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासघका अध्यक्ष डा मेहन्द्र बिष्ट , राजनीतिक बिश्लेषक हिरण्यलाल श्रेष्ठ, सम्पादक समाजका जय दाहाल , नारायण सापकोटा एवं पुरस्कृत ब्यक्तित्वले पनि बोलेका थिए ।

प्रतिक्रिया