समावेशी टीम स्पीरिटमा पर्यटन क्षेत्रको चीन भारतको पर्यटक भित्र्याउने र आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिने योजना नाट्टाका प्रत्यासी शम्भुराज पाठक समूहको
भरतराज उप्रेती ।
पर्यटन क्षेत्रको विकासका लागि ५२ वर्षको इतिहास बोकेको पर्यटन वयवसायीको संस्था नाट्टा अहिले २२ औं कार्यसमिति निर्वाचनको अन्तिम चरणमा आइपुगेको छ । भुकम्प र भारतको अघोषित नाकाबन्दीले सुस्ताएको नेपाल पर्यटन व्यवसाय नाट््टाको निर्वाचन माहोलले काठमाडौ र पर्यटकीय ठमेल यतिखेर तातेको छ । पर्यटन व्यवसायीहरु नाट्टाको सक्षम नेतृत्वका लागि नाट्टाको निर्वाचनमा होमिएका छन् । राजनीतिक अस्थीरताले घाँटी थिचेको नेपालको पर्यटन व्यवसायलाई माथि उठाउने आ आफ्नै तर्क गरेर यतिबेला नाट्टामा ३ प्यानल निर्वाचनको मैदानमा उत्रेका छन् । विशुद्ध राजनीतिक क्षेत्रको रुपमा पर्यटन व्यवसायलाई जोड दिदै सहमती गर्ने अन्तिम अवस्थासम्म छलफल र परामर्शमा उत्रिएका वर्तमान नाट्टाका उपाध्यक्ष शम्भुराज पाठकको प्रयास त्यतिबेला निरर्थक रह्यो जतिबेला निर्वाचनको उमेद्वारी फिर्ता लिने अवस्थासम्म नाट्टाका प्रत्यासी २ प्यानलमा बाँडिएका अध्यक्षको उमेद्वारी फिर्ता नभएपछि । त्यसपछि स्वतन्त्र पर्यटन व्यवसायीले आफूलाई नेतृत्वका लागि अगाडी बढाए पाठक बताउछन् । आन्तरिक पर्यटन प्रवद्र्धनकासाथै छिमेकी मुलुक चीन र भारतको पर्यटक नेपाल भित्र्याउने भिजन, सोसल मिडियामार्फत पर्यटनको प्रवद्र्धन विश्वव्यापी गराउने नाट्टाको नीति र साना पर्यटन व्यवसायीलाई पनि सम्टदै समग्र पर्यटन व्यवसायीहरुको भ्वाइस नीति गत तहबाट पुर्याउने एजेण्डा सहित शम्भुराज पाठक १५ जना व्यवसायी टीम स्पीरिटमा अगाडी बढेका छन् ।
आरोप प्रत्यारोप र राजनीतिकबाट पर्यटन व्यवसायीलाई टाढा राख्नुपर्ने सन्देससहित नाट्टाको नेतृत्व सम्हाल्न सक्ने दाबीका लागि शम्भुराज पाठक चुनावी मैदानमा छन् । नीजि पर्यटन व्यवसायीलाई एकत्रित गर्दै आन्तरिक र वाह्य पर्यटन व्यवसाय प्रवद्र्धनको एजेण्डा नै शम्भुराज पाठकको रहेको छ ।
राज्यले नीतिगत तवरबाट सम्बोधन गर्न नसकेको पर्यटन क्षेत्रको नीजि व्यवसायिक लगानीको ग्यारेन्टी र सुरक्षाको प्रत्याभुतिका लागि पहल गर्ने २ दशक लामो पर्यटन व्यवसायिक क्षेत्रको अनुभव हासिल गरेका पाठक पर्यटन व्यवसायीक संघ संस्थामा क्रियाशील रहदै आएका छन् । वर्तमान नाट्टा कार्यसमितिमा रहेका भिजनलाई मूर्त रुप दिन आफ्नो समूहलाई विजयी गराउन पाठकले पर्यटन व्यवसायीहरुलाई आव्हान गरेका छन् । स्वतन्त्र व्यवसायीको समूहले नै पर्यटन व्यवसायीको समस्या समाधान र व्यवसाय प्रवद्र्धनको काम गर्छ । त्यसको ज्ञान अनुभव र व्यवसायीको साथ मेरो नेतृत्वको टीमलाई भएकोले हामीमा नाट्टा हाँक्न सक्ने क्षमता भएको दावा गर्न चाहन्छु । बिभिन्न राजनीतिक आस्था बोक्ने पर्यटन व्यवसायी साथीहरु छन् यसको कसैको दुइमत छैन तर यसो भन्दैमा पर्यटन व्यवसायी क्षेत्रमा राजनीतिक चहलखेल हुनुहुदैन भन्ने मान्यता हामीले लिएका छौं र हाम्रो टीमलाई नाट्टाका पूर्व अध्यक्ष पर्यटन क्षेत्रका दिग्गज अग्रजहरुको साथ रहेकोले स्वतन्त्र रुपमा नाट्टाको कार्यशैली अगाडी बढाउनुपर्दछ भन्ने मान्यता हामी छौं । त्यसैले पर्यटन व्यवसायीहरुले राजनीतिक भ्रमलाई चिर्दै व्यवसायिक पर्यटन विकासका लागि स्पष्ट भिजन भएको नेतृत्वलाई साथ दिनुको अर्को विकल्प नभएकोले हाम्रो भिजन र टीम स्पिरिटलाई साथ दिनुहोस् भन्नुहुन्छ नाट्टा अध्यक्षका प्रत्यासी उमेद्वार शम्भुराज पाठक ।
बोलीलाई होइन काम गर अनुभवको टीम स्पिरिटलाई नाट्टाको नेतृत्व छान्नु नै पर्यटन व्यवसायीको भविष्य राम्रो हुनेछ, विजय रिजाल नाट्टा सह कोषाध्यक्ष पदका प्रत्यासी उमेद्वार
नाट्टामा समावेशी टीम स्पीरट आवश्यक छ । सामवेशी टीम स्पिरीटले नै नीजि पर्यटन व्यवसायीको हक अधिकार स्थापित मात्र गर्दैन, समग्र पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान पुर्याउनेछ, नाट्टाका शम्भुराज पाठक समूहका सह कोषाध्यक्ष विजय रिजालले भने । नाट्टा विशुद्ध पर्यटन व्यवसायीहरुको छाता संस्था भएकोले यसभित्र राजनीतिक प्रवृत्ति हुनुहुदैन भन्ने मान्यताको टीम शम्भुराज पाठकको नेतृत्वमा त्यो पनि समावेशी तवरले बनेको यो भन्दा ठूलो व्यवसायीक उदारता अन्त कता होला ? रिजाल बताउँछन्, हामी स्वतन्त्र छौ , हामी कुनै राजनीतिक क्षेत्रबाट परिचालित छैनौ । व्यवसायीक टीम स्पिरीट हाम्रो समूहमा छ । राजनीतक झुण्डबाट पृथक समूहले नै विकासका लागि भूमिका निर्वाह गर्न सक्छ यो म्यासेज सबै पर्यटन व्यवसायीहरु सामु पुगोस् र निस्कलंक राजनीतिक उद्देश्य बोकेको टीमलाई नाट्टाको नेतृत्व दिन नभुल्नुहोस्, सीमित स्वार्थ र क्षणिक लाभ हेर्दा समग्र पर्यटन व्यवसायको विकास र प्रवद्र्धन गर्न सकिदैन । त्यसैले यसप्रति पर्यटन व्यवसायीहरु गम्भीर भई नाट्टामा सक्षम नेतृत्वको टीमलाई अगाडी ल्याउनु नै पर्यटन विकासको आधार खडा गर्नु हो । फुटेर होइन, जुटेर स्वतन्त्र पर्यटन व्यवसायिक हितका लागि परौ ।
म विजय रिजाल १५ वर्षदेखि एबीसीडी ट्राभल टुरिजम्म क्षेत्रका क्रियाशील छु, म विजय रिजाल ट्रभल इन्टरप्रिनरशीपमा १ दशकदेखि लागि परेको, म विजय रिजाल पर्यटन संघ संस्थामा क्रियाशील रहदै, राज्य र पर्यटन व्यवसायबीच पर्यटन प्रवद्र्धनको लागि स्वयंसेवकको रुपमा लागि परेको, म विजय रिजाल पर्यटन व्यवसायलाई टेक्नोलोजी मैत्री, सोसल मिडिया प्रयोगमा ल्याउने सोचका साथ अगाडी बढेको युवा पुस्ता हुँ ।
आशा गरौ नाट्टामा सक्षम नेतृत्व आओस् । जसले पर्यटन व्यवसायीको हित, लगानी, सुरक्षाको लागि राज्यसँग समन्वय गर्दै आन्तरिक र वाह्य पर्यटनका लागि नेपाली सोसल मिडियाको अवधारणालाई लागू गर्न सकोस् । हाम्रो शुभेच्छा । सफल र सक्षम नाट्टाको नयाँ नेतृत्व टीमलाई
प्रतिक्रिया