गुगलको ड्राइभर विनाको कार, १३ पटक दुर्घटनाबाट बच्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ माघ २०७२, शनिबार ०६:०९
carप्रविधि जाएन्ट गुगलको ड्राइभर विनाको कार परीक्षणका क्रममा २ सय ७२ पटक फेल भएको छ । साथै १३ पटक सम्म उसलाई दुर्घटनामा पर्नबाट बचाइएको छ । यो तथ्यांक पछिल्लो १४ महिनाकोे हो ।
गुगलको टेस्ट रिपोर्टका अनुसार २७२ पटक यो स्वचालित कारलाई यसको सफ्टवेयर फेल हुँदा ड्राइभरले आफ्नो नियन्त्रणमा लिनुपर्यो । त्यस्तै ६९ पटक यी कारलाई सही ढंगले गुडाउनका लागि ड्राइभरले नियन्त्रणमा लिनुपर्यो ।
गुगलका अनुसार नयाँ तथ्यांकले गुगलको स्वचालित कार पहिले भन्दा उत्कृष्ट हुँदै गएको देखाएको छ । तर गुगलको रिपोर्टले स्वचालित कार सुरक्षित छ की छैन भन्ने कुरा नबताउने विज्ञहरुले टिप्पणी गरेका छन् ।
गुगल कारको परीक्षण गुडानमा सबैको नजर पर्ने गरेको छ, किनकी उसले पहिलोपटक खास सार्वजनिक सडकमै आफ्ना कार उतारेको छ । मानिसले चलाउने आम कार तथा गुगलका स्वचालित कारका बीचमा हुने कतिपय स साना घटनाहरु समेत कहिलेकाहीँ मिडियामा आउने गरेका छन् ।
गुगलका अनुसार स्वचालित कार फेल हुने दर कम भएको छ । सन् २०१४ मा यस्तो कार औषत ७८५ माइल गुडेसँगै फेल हुने गथ्र्यो भने यो अहिले ५ हजार ३१८ माइल गुडेपछि मात्र एकपटक फेल हुने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१