बङबन्धु कप फुटबलको खेलमा नेपालले बंगलादेशसँग बराबरी,नेपाल समूह उपविजेता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ माघ २०७२, शनिबार ०६:०१
upabijetaकाठमाडौं । बङबन्धु कप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ । यससँगै नेपाल समूह उपविजेता भएको छ ।
शुक्रबार ढाकामा भएको खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।
त्यसअघि श्रीलंकाले मलेसियाको फेल्डा युनाइटेड एफसीलाई २-१ ले पराजित गरेको थियो । श्रीलंकाको जितले नेपाल र बंगलादेश सेमिफाइनलमा पुग्यो र समूह विजेता बन्नका लागि मात्र सिमित रहृयो ।
खेलमा यू-१९ खेलाडीहरुको बाहुल्यता रहेको नेपाली टोलीले बंगलादेशको राष्ट्रिय टोलीलाई कडा चुनौती दिएको थियो । नेपाली गोलरक्षक विकेश कुथुले बंगलादेशका केही सशक्त प्रहारलाई असफल पारे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१