आफु करीव ८०० वच्चाको बुवा बनीसकेको दावी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ माघ २०७२, शुक्रबार २१:४४

Most prolific sperm donor

एजेन्सी । व्रिटेनका एक व्यक्तिले अच्चम लाग्ने दावी गरेका छन् । साइमन वाट्स नाम गरेका व्यक्तिले अहिलेसम्म आफु करीव ८०० वच्चाको बुवा बनीसकेको दावी गरेका छन् ।

वाट्सले आगामी ४ वर्षमा एक हजार जना बच्चाको बुवा बनिसक्ने विश्वास लिएका छन् । उनको सपना एक हजार बच्चाको बुवा बनेर विश्व रिकर्ड कायम गर्ने हो । खासमा वाट्स एक अनाधिकृत विर्यदाता हुन् जो केवल ५० पाउन्डमा आफ्नो विर्य दम्पतिलाइ वेच्ने गर्छन् । उनको धेरैजसो ग्राहक फेसवुकवाट नै भेटिने गर्छन ।

उनी भन्छन्, – यदि कुनै निजी क्लिनिक महिला वच्चाको चाहना लिएर गइन भने कम्तिमा ५ सय देखि १ हजार पाउण्ड सम्म खर्च हुन्छ । तर मैले समाज सेवा गरीरहेकाे छु । आफ्नो सन्तान स्पेन देखि लिएर ताइवान सम्मका देशमा हुर्किरहेकाे वाट्सकाे दावी छ । उनी एउटा त्यस्तो विश्व रेर्कड बनाउन चाहन्छन्, जसलाइ कसैले पनि तोड्न नसकुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१