टेलीफोन गर्न १२ घण्टा पैदल हिड्न बाध्य चार गाउँका बासिन्दा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ माघ २०७२, शुक्रबार २०:५५

netसम्राट सिंह/बझाङ १ माघ  ।
टेलिफोन गर्न बाह्र घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर बझाङको अति विकट गाविस का“डाका ४ गा“उका बासिन्दाहरु टेलिफोन गर्न बाह्र घण्टा पैदल हिड्न बाध्य छन ।
झण्डै पन्ध्र सय जनसंख्या भएको धुली, बलौडी, न्युना र धलौन गा“उका वासिन्दाहरुले जिल्लामा संञ्चालित सिडिएम ए, जिएसएम, स्मार्ट र एनसेल फोनको पहुँच नपुगेपछि फोन गर्न लामो समयसम्म हिड्न बाध्य भएका हुन ।
एक कल फोन गर्न पनि यहाँका बासिन्दाहरु घण्टौ हिडेर का“डा गाविसको बाझचौकामा रहेको एक मात्र भि स्याट टेलिफोन सेवा सम्म पुग्ने गरेका छन ।
घरबाट बाझचौका पुग्न झण्डै बाह्र घण्टा लाग्छ धुलीका हस्त धामीले भने फोन गर्न विहानै हिडे राती पुगिन्छ भोलिपल्ट बिहान मात्रै घर फर्किन्छौ । राज्यले यहाँका बासिन्दाहरुका लागि टावर जडान गरी टेलिफोन सेवा सुचारु गर्न पहल गर्नुपर्ने उनको भनाइ छ । का“डा गाविसको धलौन गा“उमा २०६८ सालमा स्मार्ट टेलिकम कम्पनीले ५ वटा लाइन भि स्याट जोडे पनि एक वर्ष पछि सबै लाइन बन्द भएका थिए । धलौन गा“उ पनि बाझचौकाबाट ७ घण्टाको पैदल दुरीमा रहेको छ ।
गाउँबाट एक दिनमा झण्डै ६०÷७० जना फोन गर्ने मानिसहरु बा“झचौका पुग्ने गरेको टेलिफोन संचालक गोरख रोकाया वताए । कुनै पनि कम्पनीका मोवाइल सेवाले काम नगर्ने का“डाका बासिन्दाले एक गा“उमा एउटा सम्म भए पनि भिस्याट सेवा सन्चालन गरिदिनका लागी पटक पटक जिल्ला स्थित निकायमा पहल गरे पनि कतैबाट सुनुवाई नभएको का“डाका गाविस सचिव धनबहादुर घर्तीले बताए ।
फोन सुचारु हुदा धेरै सुविधा पाएका त्यस क्षेत्रका बासिन्दाहरु स्मार्ट सेवा बिग्रेपछि ४ बर्ष देखी टेलफोन गर्न समस्या झेल्दै छन । यस्तै टेलिफोन रहेको गा“उ बाझचौका पुग्न न्युनाबाट ५ घण्टा, धुलिबाट ७ घण्टा र जिमाबाट ५ घण्टा पैदल हिड्नु पर्ने स्थानिय बासिन्दा बताउँछन ।
फोटो क्याप्सन ः का“डाको बा“झ चौकामा जडान गरिएको भि स्याट टेलिफोनको एन्टेना ।

प्रतिक्रिया