नुवाकोट तारुकामा गौरा–पार्वती सामुदायीक हस्पिटल शिलान्यास (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ माघ २०७२, शुक्रबार १३:४६

 स्थानीयबासीहरु  खुसि   7 नुवाकोट ।

नुवाकोटको तारुका–२ आँपचौउरमा बुधबार गौरा–पार्वती सामुदायीक हस्पिटलको शिलान्यास गरिएको छ । वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्सालको संयोजनमा स्वीस नागरिकहरुको सहयोगमा उक्त हस्पिटल बन्न लागेको हो ।
भवन शिलान्यास गर्दै प्रमुख अतिथी लम्सालले प्रारम्भिक चरणमा दश कोठे पक्की भवन बन्ने बताउनुभयो । करिब २ करोडको लगानीमा बन्न लागेको उक्त भवनको इन्जिनियरिङ समेत भईसकेको बताउँदै लम्सालले विस्तारै भवनहरु थपिदै जाने जानकारी दिनुभयो । 3
तारुकासहित नुवाकोटका ग्रामिण क्षेत्रहरुमा राम्रो हस्पिटल नहुँदा जनताहरुले पाईरहेको सास्ती महशुस गरी हस्पिटल बनाउनको लागि विदेशी नागरिकसँगको सहकार्यमा आफुले संयोजन गरेको बताउनु भयो । उहाँले आगामी ५ महिना भित्र भवन निर्माण कार्यको थालनी गरिने जानकारी पनि दिनुभयो ।
यसैगरी तारुकाका स्थानीय समेत रहेका समाजसेवी तथा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले आफ्नो पहलमा लम्सालले गरेको महान् कार्यको उच्च प्रशंसा गर्दै यो गुन तारुकालगायत नुवाकोटवासीले कहिलै तिर्न नसक्ने बताउनुभयो । महान र पुण्य कामको सुरुवातका लागि उहाँले लम्साललाई विशेष धन्यवाद प्रकट गर्नु भयो । 8
राजधानीबाट लम्सालको नेतृत्वमा अधिकारीका साथै पर्यटन व्यवसायी माधव प्रकाश सुवेदीलगायतको टोली तारुका पुगेको थियो । हजारौँको संख्यामा उपस्थित भएका स्थानियहरुले उक्त टोलीको भव्य स्वागत÷सत्कार गरेका थिए ।
हस्पिटल बन्ने पक्का भएपछि तारुकालगायत आसपासक्षेत्रका स्थानियहरु खुशीले हर्षविभोर भएका छन् ।
यसैबीच हस्पिटल स्थापनार्थ स्थानियवासी तोयानाथ अधिकारी, शिव प्रसाद अधिकारी, विष्णु प्रसाद अधिकारी, शिव प्रसाद अधिकारी र कृष्ण प्रसाद अधिकारीले जग्गा निशुल्क अनुदान गरेका थिए ।2

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१