काठमाडौं । पर्यटन व्यावसायिहरुको संस्था नाट्टाको चुनाव नजिकिँदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।
विभिन्न समुहहरुको उम्मेदवारी र आफुले जितेमा लागु गर्ने प्रतिवद्धता सार्वजनिक गर्ने क्रम पनि उस्तै छ । चुनावमा एमाओवादी र कांग्रेस मिलेर एउटा संयुक्त प्यानल खडा भएको छ भने एमाले र अन्य दलको अर्को छुट्टै प्यानल छ । तर कुनै पार्टीसँग संलग्न नभएकाहरुको स्वतन्त्र प्यानलको रुपमा शम्भु राज पाठकको समुहले अर्को छुट्टै बनाएर चुनावी मैदानमा उत्रिएको छ ।
बुधबार राजधानीको मनास्लु होटल लाजिम्पाटमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको उम्मेदवारहरुको प्यानल समुह र प्रतिवद्धतापत्रमा व्यावसायिहरुको हक हितका लागी काम गर्ने बताइएको छ ।
माघ ३ गते हुन गईरहेको चुनावका लागी पाठक समुहको प्रतिवद्धताहरु यस्ता छन् :
- पर्यटन उद्योग विकाश बिस्तार गर्नको लागी पर्यटन मन्त्रालय तथा त्यस सँग सम्बन्धित निकायहरुसँंग निकट संबन्ध कायम गरी आवश्यक निति नियम तर्जुमा गर्न सुझाव सल्लाह दिने ।
- क्ष्ब्त्ब् तथा ब्ष्च त्ष्अपभतष्लन सम्बन्धी पर्ने समस्याहरु, जस्तै ब्म्ः, म्भउयचतभभ, ीयकत बलम मबmबनभ तथा अन्य समस्या समाधान गर्नका लागि नाट्टा भित्र नै “एयर टिकेटीङ्ग मनिटरीङ्ग कमीटी ” बनाई लागु गरिने छ ।
- ट्राभल एजेन्सीहरुले अन्य उद्योगहरु सरह सरकारले उपलब्ध गराउने सेवा,सुविधा एवं मान्यता नपाईरहेको स्थितिमा तत्काल संबन्धित निकायहरुसँंग छलफल गरी उद्योग समान व्यवहार लागू गर्न गराउन पहल गर्ने
- अन्तर्राष्ट्रियस्तरमा हुने मिटिङ्ग, कन्फ्रेन्स, सेमिनार, वर्कसप, गोष्ठी, एक्सपो आदिमा सम्पूर्ण ब्यवसायीहरुको सहभागिताको लागि समान अवसर प्रदान गर्न गराउन पहल गरिने ।
- टुर तथा ट्राभल्स र आन्तरिक तथा बाह्य हवाई कम्पनी बिच हुनुपर्ने न्यूनतम् मूल्य मान्यताहरु नभई रहेको सन्दर्भमा तत्काल हवाई कम्पनीहरुसँग छलफल गरी यथाशिघ्र समाधानको लागि पहल गरिने छ ।
- नाट्टा जस्तै समान ब्यवसायिक प्रकृतिका अन्य संघ संस्थाहरुलाई नाट्टा भित्रै सम्मानजनक स्थान दिई बृहत नाट्टाको निर्माण गर्न पहल गरिने छ ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन मेलाहरु वार्षिक रुपमा नेपालमै आयोजना गर्न आवश्यक पहल गरिने ।
- नेपाल भित्रका सम्पदा क्षेत्रहरुमा उठाउँंदै आएको प्रवेश शुल्कलाई सोही क्षेत्रमा पर्यटकहरुको सेवा, सुविधाको लागी उपयोग गर्न सम्बन्धित निकायहरुसँग पहल गर्ने ।
- अनाधिकृतरुपमा विदेशी कम्पनीहरुले टुर तथा ट्राभल्स संचालन गरी स्वदेशी कम्पनीहरुलाई मर्कामा पार्ने गरेको र राज्यलाई राजस्व ठग्ने प्रवृत्ति बढ्र्दै गरेको स्थितिलाई नियन्त्रण गर्न सरकारी निकायसँंग दबाबमूलक पहल गर्ने ।
- नाट्टाका सदस्यहरुमध्ये कुनै सदस्यलाई समस्या पर्दा सोको यथाशिघ्र समाधानका लागी नाट्टाको तर्फबाट सहयोग पुर्याउन एउटा ३ सदस्यीय ः यस संस्थाका सबै पदाधिकारीहरुले कम्तिमा ३।३ महिना संयोजकको कार्यभार सम्हालिने छ ।
प्रतिक्रिया