यस्तो रहेछ अभिनेत्री ऐश्वर्याको सौन्दर्यको राज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ माघ २०७२, शुक्रबार ०७:४७

Aishwarya Rai (10)-750

 

एजेन्सी । एउटी छोरीको आमा भएर पनि बलिउडमा उत्तिकै राज गर्न सफल अभिनेत्री हुन् ऐश्वर्या राय बच्चन । पूर्वमिस वल्डसमेत भइसकेकी उनी बलिउडमा ‘कमब्याक’ भएकी छिन् । अक्सर महिलाहरुको फिगरमा सन्तान जन्माई सकेपछि केही न केही परिवर्तन देखिने गर्छ । तर ऐश्वर्याले त्यो तथ्यलाई चुनौति दिएकी छिन् ।
आज भोली ऐश्वर्याको ‘फिगर मेन्टेन’ लाई लिएर अनेकौं टिकाटिप्पणी हुने गरेको छ । समाचारहरुमा बताइए अनुसार उनी खानामा पहिल्यै देखि अत्यन्त सचेत र ‘चुजी’ थिइन् । त्यसैको कारणले उनको फिगर आज पनि उस्तै देखिएको बताइएको छ ।
ऐश्वर्याको सौन्दर्यकाे राज उनी उमालिएको खानेकुरालाई पहिलो प्राथमिकता दिन्छिन् । त्यसै गरि चिल्लोपिरो खादैनन् । उनले भनेकी छिन, ‘म प्राय उमालेको खानेकुरामा जोड गर्छु ।’
त्यस्तै उनको सौन्दर्यको राज उनी सेतो चामलको खाना खादैनन् । उनको भान्सामा सधैं ‘ब्राउन राइस र ग्रिल्ड फिस’ पाक्ने गर्छ ।
बिहानदेखि साँझसम्म उनले आठ गिलासभन्दा धेरै पानी पिउने गरेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘कहिलेकाहीँ त पानीले पनि भोक हटाउँछ, त्यसैले म पर्याप्त पानी पिउँछु ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१