भिलेन बन्दै गर्ने भइन् प्रियंकाले हलिउडमा डेब्यू

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ पुष २०७२, बुधबार १९:३७

अमेरिकी टिभी च्यानल एबिसीको हिट टिभी शो ‘क्वानटिको’ गरेर अमेरिकामा चर्चा बटुलेकी बलिउड अभिनेत्री एवम् पूर्वमिस वल्ड प्रियंका चोपडा अब हलिउड फिल्ममा देखिने भएकी छन्। प्रियंका सन् १९९० को दशकको हिट टिभी शो ‘बेवाच’मा आधारित ‘बेवाच’ फिल्मबाट हलिउडमा डेब्यू गर्न लागेकी हुन्।

फिल्ममा प्रियंकाले ज्याक ऐफरन र डायन जोनसन (द रक)सँग अभिनय गर्नेछिन्। हाल प्रियंकाको फिल्मका बारेमा कुराकानी चलिरहेको छ। हलिउड रिपोटरका अनुसार फिल्म र ‘क्वानटिको’को सुटिङ् तालिकाको व्यवस्थापन गर्नुपर्ने बताएको छ। फिल्ममा उनी भिलेनको भूमिकामा देखिनेछिन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१