सुविसु क्यान ईन्फोटेक २०१६ मा स्मार्ट टेक्नोलोजीलाई प्राथमिकता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ पुष २०७२, बुधबार ०६:०२

काठमाडौ । “सुविसु क्यान ईन्फोटेक २०१६ आगामी माघ १४ गते देखि १९ गतेसम्म काठमाण्डौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना गर्ने कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यान महासंघले जनाएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्यान महासंघका अध्यक्ष बिनोद ढकालले परिस्थिति सहज नभए पनि इन्फोटेकमा सूचना प्रबिधि क्षेत्रका पछिल्ला संस्करणहरुको प्रदर्शनी रहने बताए । सरकारको वेवास्ताका कारण अलमलमा परेको आइटी पार्कलाई व्यवस्थित रुपमा सञ्चालन गर्न क्यानलाई दिए मात्र सम्भव छ ,अध्यक्ष ढकालले भने ।
२२ औं संस्करणको नाम “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” रहेको छ । त्यस्तै प्लाटिनम स्पोन्सर–भायनेट, डायमण्ड स्पोन्सर –नेपाल टेलिकम, गोल्ड स्पोन्सर – कर्लस, सिल्भर स्पोन्सरहरु– स्टार अफिस ईन्टरनेशनल, नेटिस र एस।पावर रहेका छन् । सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १०४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु ५ गरी जम्मा १७५ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी।टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् रहेको क्यान महासंघले जनाएको छ ।
“सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १००– र विद्यार्थीहरुलाई रु ५०– तोकिएको छ । २०७२ माघ १७ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि रु १००– तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल हुने महासचिव बलामीले जानकारी बताउनुभयो ।

यसपटकको प्रदर्शनीमा विशेष गरी इन्टरनेट सेवाप्रदायक कम्पनीहरुबाट विशेष छुटसहितको प्याकेज तथा हाइ स्पिड इन्टरनेट उपलब्ध गराइनेछ भने टेलिफोन तथा मोबाइल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउँदैछ । कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाइल फोन, ट्याब्लेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध हुनेछन् । त्यस्तै हाल उपलब्ध सफ्टवेयरहरुमा नयाँ भर्जन सहितको अपडेट मोडल उपलब्ध हुनका सथ साथै नयाँ कम्पनी तथा उत्पादनहरुको समेत थालनी यसै प्रदर्शनी मार्फत हुने भएको छ भने “सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएशन विथ हुवावे” को लाइभ भिडियो प्रशासरण www.can.org.np मा वाwww.caninfotech.org.np मा लगअन गरी हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१