कीर्तिमानी विश्व पर्वतारोही पण्डित १ लाख नगदसहित सम्मानित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ पुष २०७२, मंगलवार ०७:१९

काठमाडौं । उल्टो हिँडेर अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गरेका कीर्तिमानी पर्वतारोही एवम् धावक सञ्जय पण्डितलाई पुरस्कृत गरिएको छ ।

पर्वतारोहणको माध्यमबाट देशको नाम संसारभर फैलाउन विशेष सहयोग पुर्‍याएको कदरस्वरुप पूर्वलेफ्टिनेन्ट कर्णेल प्रवलशम्शेर राणाले पण्डितलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ प्रदान गर्दै सम्मान गर्नुभएको हो । धावक पण्डितले गत डिसेम्बरमा किलिमन्जारो २५ घन्टा ४० मिनेट समय खर्चदै आरोहण गरेका थिए । पण्डितले नेपाली पोशाक दौरासुरुवाल, भादगाउँले टोपी लगाएर आधार शिविर मरान्गुदेखि अफ्रिकाको सर्वोच्च शिखरसम्म उल्टो हिँडेर पुगेका थिए ।

उनले सगरमाथा, मनास्लु, जापानको फुजी, युरोप, अमेरिकालगायत महादेशका हिमाल आरोहण गरिसकेका छन् । त्यस्तै गत वर्ष अस्ट्रेलियाको सर्वोच्च शिखर पनि उल्टो हिँडेर आरोहण गरेको धावक पण्डितको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१